मिलेर काम गरौं, हाम्रो भविष्य उज्ज्वल छ

saroj khadka 2
सरोज खड्का
loading...

२५/२६ सय वर्ष अघि कुनै पनि मिडिया या ईन्टरनेटको जमाना थिएन । यदि त्यो बेला आजभोली जस्तो हत्केलामा संसार हेर्ने टेक्नोलोजीको दुनिया हुन्थ्यो भने सायद अहिले संसारमा बुद्ध धर्मावलम्बी बाहेक अरु नहुन पनि सक्थे, किनकि यो कुरा हामी यसरी अनुमान गर्न सक्छौ कि पृथ्वीमा सात अर्ब मानिसहरु मध्ये ढाई अर्ब भन्दा बढी मानिसहरु बुद्धका अनुयायीहरु छन् । यो कुराबाट हामी यो अन्दाज गर्न सक्छौ कि बुद्ध दर्शन या चिन्तन कति सान्दर्भिक र मार्मिक छ भन्ने कुरा ।

त्यसैले मित्रहरू हामी अर्काले के ग‍र्यो भनेर टिकाटिप्पणी गर्नु भन्दा पनि हामी के र कसरी राम्रो गर्न सक्छौ भन्ने तिर लाग्ने हो की ? हामीले आफू सम्मानित हुने काम गरौ साथीहरू । हामी सत्य बोलौ, दुरदृष्टि राखौं, ईष्र्या डाहा र घमण्ड त्यागौ । ‘रिस’ हाम्रो महान दुश्मन हो । लाग्छ समयको रफ्तार हेर्दा या देख्दा, जिन्दगी अति छोटो छ तर बाँचिन्छ कहिलेसम्म त्यो पनि थाहा छैन, हामीहरुको कुन दिन, कुन रात अन्तिम हो या हामीले बोलेका कुन शब्द अन्तिम हुन्छ, त्यो पनि थाहा छैन, यो अलरेडी फिक्स भइसकेको छ, उपरवालालाई मात्र थाहा होला यदि उपरवाला कतै हुन्छन भने । तसर्थ खासगरी अभियन्ता मित्रहरू, कृपया यदि सम्भावना हुन्छ भने हामीहरुले बोलेको हरेक बोली नै दर्शन बनोस् । जो युगयुगान्तरसम्म जिवित रहोस्, सम्झन र मनन गर्न योग्य रहोस् । यो मेरो चिन्तन हो यसमा साथीहरु सहमत हुनैपर्छ भन्ने छैन ।

सहिलाइ सहि र गलतलाई गलत भन्न सक्ने हामीले हिम्मत गर्यौ भने अवश्य हामी नयाँ बन्न सक्छौं । हामीले बोल्दा या लेख्दा यस्तो फीलिङ जाओस् कि जनमानसमा, दुश्मनले पनि प्रशंसा गरोस् । यहाँ त चाप्लुसी गरि गरि माथि पुग्ने प्रणाली बसेको छ, कालोलाई जबर्जस्त सेतो भन्न लगाइन्छ । यो त त्यै पुरानो पारा हो निर्दोषीलाई दोषी साबित गर्ने तरिका । हामी बोलेका कुराहरुलाई व्यवहारमा या काममा उतारेर सबैको अगाडी छर्लङ्ग देखाउन सक्नु पर्छ तब मात्र हामी नयाँ हुन्छौ । कुरामात्र गर्ने त पुराना छँदैछन् । आउनुहोस् हामी उद्देश्य प्राप्ति तिर हाम्रो कदमहरु चलाउनु पर्छ । अग्रजहरु या थुप्रै बुद्धिजीवी अभियन्ता मित्रहरु हुनुहुन्छ, योजना ल्याउनुस् , नियम बनाउनुस् । नियममा बाँधिएर सहभागी बनाउन कदम चालौं, कहाँ के कस्तो कामको लागि लगानी लगाउन पर्ने हो ? लगानी लगाउँ, एक्टिभ भएर काम गरौं, सम्भव छ दुनिया बदलिरहेको छ, हरेक पल नयाँ नयाँ कुराहरु भइरहेका छन्, हामी पनि दुनियालाई चमत्कार देखाउन सक्छौं, आउनुहोस् ।

प्रदेशको बसाइँमा हामी आफ्ना सारा गाह्राहरुलाई सामना गरिरहँदा जीवनको सुख र दुखको दोभानमा आफूलाई निरन्तर श्रमजीवी यात्रामा समाहित गरिरहँदा समाज र राष्ट्रको उत्थान प्रति एउटा सचेत नागरिकले निभाउनु पर्ने भुमिकाको आभास हुँदो रहेछ । हामी प्रवासीहरु सुखी जीवनको कल्पनामा सभ्यताको धरोहर पुण्यभूमिलाई बिरानो बनाएर प्रवासलाई जिवनको गन्तव्य सँग साइनो गाँसी रहेका छौं । तर यो हाम्रो रोजाइ भने पटक्कै होइन । तथापी यथार्थ जीवन यात्राको कटु सत्यलाई हामी स्विकार गरिरहेका छौँ । जसरी एउटा नागरिकको देशको जति ठूलो स्नेह र त्याग रहन्छ, त्यस्तै राष्ट्रबाट नागरिकले आफ्नो हकहित र सुरक्षाको अपेक्षा गर्नु स्वभाविक पनि हो । तर देशमा व्याप्त रहेको अस्थिर राज्य ब्यबस्था नै समग्र राष्ट्र निर्माणको जटिल पर्खाल बनेर रहेको छ । जबसम्म मुलुकमा राजनैतिक स्थिरता कायम हुन सक्दैन तबसम्म मुलुकले सम्बृद्धिको यात्रामा गति पाउन सक्दैन । अब यो प्रमाणित भइसकेको छ देशमा स्पष्ट र पारदर्र्शी राजनैतिक अवधारणाको बिकास आवश्यक छ जसलाई आजको आधुनिकिकरणको दुनियामा बैकल्पिक राजनैतिज धारको रुपमा उदाएको नयाँशक्ति नेपाल पूर्ण जिम्मेवार भएर यसमा रहेका बिशिष्ट र बौद्धिक समुदाय सँग प्रत्यक्ष सरोकार राखेर अहोरात्र सर्वसाधारण जनताको जीवन स्तरलाई उकास्ने अठोट र प्रतिज्ञामा तल्लिन रहने छ । यसमा जनताको पुर्ण समर्थन रहने छ किनकी पटक पटक सत्ता र सरकारको नेतृत्व गर्नेहरुको लापर्वाही र आडम्बरको शिकार बनेर अब राष्ट्र गुज्रन सक्दैन अबको निकास आर्थिक विकास भन्ने मुल नाराको व्यवहारिक प्रयोजनमा जोड दिन तपाई हाम्रो सक्रिय सहभागिता चाहिन्छ । त्यसैले मेरो सबै अभियन्ताहरुलाई अनुशासित र लगनशील भएर आफ्नो बचेको समयलाई पवित्र मन वचन र कर्मले अगाडि बढ्न आह्वान गर्दछु । यो यात्रामा फुटेर होइन जुटेर, हाम्रो होइन राम्रो बनेर अगाडि बढौं । समृद्धिको यात्राले हामीलाई स्वदेशमा अवसरहरुको सृजना हुनेछ र प्रवासको बसाईबाट बिस्तारै स्वदेशको सुखमय यात्रा शुरु हुनेछ ।

(नोट : कुनैपनि लेखमा लेखकले आफ्नो निजी विचार व्यक्त गर्ने भएको हुनाले हाम्रो संस्था अनलाइनपत्रिका डट कम कुनै पनि लेखमा लेखकले व्यक्त गरेको विचारमा सहमत वा असहमत हुन जरुरी छैन । सबैखाले विचारलाई पाठक समक्ष पुर्योउने हाम्रो प्रयास हो, धन्यवाद)

तपाईंको प्रतिकृया
Loading...