समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

तलब/भत्ता बढाएसँगै सरकारी बैंकको नाफामा असर 

bankकाठमाडौँ, साउन १५ । सरकारले बजेटमार्फत कर्मचारीको तलब/भत्ता साउन १ गतेदेखि बढाएसँगै सरकारी स्वामित्वमा रहेका तीनवटै बैंकहरुको नाफामा असर पर्ने भएको छ । सरकारी बैंकले कर्मचारीका २५ प्रतिशत तलब बढाउँदा अर्बौ रकम खर्च गर्नुपर्ने भएपछि नाफामा असर पर्ने देखिएको हो ।

चालु आर्थिक वर्षमा हाल सरकारी लगानीमा सञ्चाल रहेका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको नाफालाई प्रभावित गर्ने भएको हो ।

एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार २५ प्रतिशत तलब बढाए पनि बैंकलाई यसको वास्तविक भार ५० प्रतिशतसम्म पर्ने भएको बताए । अवकाश प्राप्त कर्मचारीको तलबमा पनि ग्रेडिङ अनुसार बढाउनुपर्ने भएकाले भार बढ्ने र त्यसले बैंकको सञ्चालन खर्च बढाउँछ । ‘सञ्चालन खर्च ढ्नेवित्तिकै नाफामा ठूलो असर हुने ती अधिकारीले बताए ।

कर्मचारी खर्च बढेपछि बैंकहरुले आगामी वर्ष सेयरधनीलाई दिने लाभांस गत वर्षकोभन्दा कम हुने देखिएको छ । सरकारको पूर्णस्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७१/७२ मा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकमा हाल २६ सय कर्मचारी कार्यरत छन् । यसअघि बैंकले कर्मचारीका लागि २ अर्ब ६७ करोड खर्च गर्दै आएको थियो ।

२५ प्रतिशत लतब तथा पेन्सन बढाउँदा बैंकले अब कर्मचारीका लागि कम्तीमा साढे ४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । बैंकले केही महिनाभित्रै २ सय कर्मचारी थप गर्दैछ, जसले कर्मचारीका लागि खर्च गर्नुपर्ने रकम झन्डै ५ अर्ब रुपैयाँ पुर्‍याउने छ ।

आव २०७१/७२ मा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको कृषि विकास बैंकले यसअघि कर्मचारीका लागि ३ अर्ब रुपैयाँ खर्च गर्दै आएको थियो । बैंकमा २७ सय कर्मचारी छन् । चालु आर्थिक वर्षमा बैंकले करिब ४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । यो बैंकले पनि नयाँ कर्मचारी थप गर्दैछ ।

आर्थिक वर्ष ०७१/७२ मा ५२ करोड ६१ लाख खुद नाफा कमाएको नेपाल बैंकलाई चालू आर्थिक वर्षमा सवा अर्ब रुपैयाँ कर्मचारी भार थपिने भएको छ । बैंकमा साढे २३ सय कर्मचारी छन् ।

यसअघि बैंकले कर्मचारीका लागि २ अर्ब ४३ करोड खर्च गथ्र्यो । चालु आवमा त्यो बढेर साढे ३ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । साथै बैंकले नयाँ कर्मचारी पनि थप गर्न लागेको छ । जसले तलब भत्तामा अझ बढी खर्च गर्नुपर्ने देखिएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु