समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

नेपाल बैंकमा ८१ पदका लागि दरखास्त आह्वान 

सहायकदेखि उप-प्रबन्धकसम्मको माग

काठमाडौँ, साउन १३ । नेपाल बैंकले सहायकदेखि उप-प्रबन्धक तहसम्मका कर्मचारीको माग गर्दै दरखास्त आव्हान गरेको छ । बैंकले बिहिबार बिज्ञापन प्रकाशन गर्दै ८१ जना कर्मचारीका लागि खुला आवेदन माग गरेको हो ।

बैंकले खुला, महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांग, पिडिएको क्षेत्र गरी विभिन्न समूहमा ८१ पदका लागि विज्ञापन खुलाएको हो ।

बैंकले सहायक, वरिष्ठ सहायक, सहायक प्रबन्धक र उपप्रबन्धकका लागि विज्ञापन माग गरेको हो । उपप्रबन्धकका लागि कानुनमा स्नातकोत्तर उत्तीर्ण गरी अधिवक्ताको लाइसेन्स लिएको हुनुपर्ने शैक्षिक योग्यता तोकेको छ ।

nepal bank

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु