पोखराका औषधी पसलमा म्याद गुज्रेका औषधी

loading...

पोखरा, २१ असार । पोखरामा आज जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा विभिन्न औषधि पसलहरुको निरीक्षण गरिएको छ ।

medicine

अनुगमनका क्रममा १८ वटा पसलमा म्याज गुज्रेका औषधी विक्री भइरहेको फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत सुरेशचन्द्र कोइरालाको नेतृत्वमा निरीक्षण तथा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका औषधीहरु छुट्टै बक्समा ठुलो अक्षरले म्याद गुज्रेको औषधी लेखी उचित व्यवस्थापन गर्न निर्देशन समेत दिईएको बताइएको छ ।

म्याद गुज्रेका औषधि भेटिएका पसलहरुमा शिव स्वर्णिम फर्मा, पोखरा–९, निरज फर्मा, पोखरा–९, गोरखा मेडिकल हल, पोखरा–९,. परोपकार मेडिकल हल, पोखरा–९,सुन्दर पोखरा फर्मेसी, पोखरा–९, विभा फर्मा, पोखरा–९, विश्वास मेडिको हल, पोखरा–९, कालिगण्डकी मेडिकल फर्मा, पोखरा–९, खड्का मेडिको फर्मा, पोखरा–९,खड्का मेडिसिन सप्लायर्स, पोखरा–९,. सृजना मेडिसेल्स, पोखरा–९, गण्डकी मेडिसेल्स, पोखरा–९, स्याङ्गजा औषधी पसल, पोखरा–९, ईन्दुज फर्मा, पोखरा–४, हिमश्री फर्मा, पोखरा–४, हिमाद्री फर्मा, पोखरा–४, एरिया मेडिकल हल, पोखरा–१, मल्टी मेडिको फर्मा, पोखरा–१ रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...