समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

हिरोले भिलेनलाई तह लगाउन लडाई नै गर्नुपर्दैन 

सरोज खड्का

प्राय हामी हिरो भने पछि ह्यान्डसम, चिट्टिक्क परेको अनुहार, गुन्डाहरुलाई ड्याम्म ड्याम्ती कुटेर तह लगाउने राजेश हमाल र निखिल उप्रेती जस्तो । अनि दुखी र असहायको सेवा गरे जस्तो जुन फिल्मका पर्दाहरुमा देखिन्छन् । जब हामी फिल्म हलमा या कुनै फिल्म हेर्छौ, सुरु देखिनै हामी हिरोको पक्षमा उभिएका हुन्छौ । किनकी हामीलाई लाग्छ हिरोले राम्रो काम गर्छ । हामी बिल्कुलै गुन्डागर्दीको पक्षमा हुँदैनौ । यथार्थ जीवनमा गुन्डै भएपनि फिल्म हेर्दा त उ हिरोकै पक्षमा उभिएको हुन्छ ।
पर्दामा देखिने पात्रहरू त केवल कलाकार मात्र हुन साँच्चिकै हिरो होइनन् । हामीलाई भ्रम छ । त्यो हिरोसँग भेट्न पाए हुन्थ्यो, उ हिरोसँग फोटो खिच्न पाए हुन्थ्यो भनेर हामी उत्साहित हुन्छौ । त्यो त एउटा नाटक मात्र हो जसले समाजमा सहि र राम्रो काम गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुन्छ । यथार्थ जीवनमा जसले देश र जनताको निम्ति काम गरेको हुन्छ त्यो नै हो बास्तविक हिरो । बास्तबमा यथार्थ हिरो बन्न अनुहार परेको हुनुपर्छ भन्ने छैन । नेल्सन मन्डेला अनुहार चिटिक्क परेको र गुन्डागर्दीलाई तह लागाउने व्यक्ति थिएनन् तर उनी अन्तर्राष्ट्रिय हिरो बने । महात्मा गान्धीले कहिल्यै गुन्डागर्दीलाई तह लगाएनन् तर उनी पनि महान हिरोमा चिनिन्छन् । हिरोले लडाई गरेर भिलेनलाई तह लगाउनै पर्छ भन्ने छैन । महामानव गौतम बुद्ध पनि हिरो बने, जबसम्म मानव अस्तित्व रहन्छ, तबसम्म गौतम बुद्ध हिरो कहलिन्छन्, यो एकदम सत्य कुरा हो ।
अब यदि हामी यथार्थमा हिरो बन्न भित्री मनबाट इच्छुक छौं भने देश र जनताको निम्ति काम गर्ने मौका आएको छ र हामी असली हिरो बन्ने दिन आएको छ, हो हामी राष्ट्रको असल हिरो बन्न सक्छौ ।
नयाँ शक्ति नेपालले पार्टीभित्र संयोजक सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको खबरले अब चाहीं साँच्चै कुशल, नेतृत्व बहन गर्न सक्ने र खास भिजन भएको नेता वा हिरो हरेक तप्कामा देखा पर्ने सम्भावना भयो भन्ने मेरो अन्तरमनमा तहल्का मच्चिएको छ । यो अत्यन्तै राम्रो कुरा हो ।
‘नयाँ शक्तिको आधार तत्व’ नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने र सोका निम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय भएको कुराले अब साँच्चिकै देशको कुशल हिरो बन्ने मौका आएको छ । तर यसभित्र भिलेन नहोला भन्न सकिन्न, हामी सधैं सावधान रहनु पर्छ, सधैं हिरो बनेर भिलेनलाई तह लगाउन हामी सधै चतुर हुनुपर्छ ।
एक्काइसौं शताब्दीको हामी आम नेपालीको आवश्यकता र अन्तरइच्छा भनेको सम्पन्नता र समृद्धि हो । यदि हामी नयाँ शक्तिमा आबद्ध व्यक्तिले कतिपय मानिसहरु जसको जीवन अझै पनि ढुङ्गे युगको, अत्यन्तै पिछडिएका वर्गको र आम दुखी गरिबीहरुको अन्दाज गर्न सक्तैनौ भने हामी नयाँ शक्तिमा अटाउन र हिरो बन्न सक्तैनौ, हामी नयाँ शक्ति भनेर नया शक्तिबाट केही पाउने आशा गरेका छौं, केही गलत बिचार राख्दैछौ भने आजै नयाँ शक्ति होइन फर्केर पुरानै तिर जाँदा हुन्छ । हामी देश र जनताको नोकर हौं, हामीले निस्वार्थ भावनाले देश र जनताको सेवा गर्न सक्नु पर्दछ । हामी आजिवन देश र जनताको स्वयंसेवक हौं र बाँचुन्जेल देश र जनताको निम्ति अन्तरमनबाट इमान्दार रहेर काम गर्ने सोच भएका हामी सबै नयाँ शक्तिमा अटाउन सक्छौं । जो देश र जनताको असली नोकर हुन सक्छ त्यो नै देश र जनताको असली हिरो कहलाउने छ । यो नयाँ शक्ति खोला होइन, यो त विभिन्न खोलाबाट मिलेर बनेको एक गहिराई हो जहाँ पुरै पौने तीन करोड नेपालीहरु अटाउन सक्छन् । पुराका पुरै हामी पौने तीन करोड नेपाली असल हिरो बन्न सक्छौं । आउनुस् हामी हामी राष्ट्रनायक या राष्ट्रको हिरो बन्नुनै छ भने यी ३ चिज कहिल्यै नभुल्न म सबै अभियन्ता साथीहरुलाई अनुरोध गर्दछु । जसले असल मार्गदर्शन गर्दछ ।
१. इमान्दारिता २. जिम्मेवारी ३. समझदारी
हृदयमा इमान्दारिता हुनुपर्छ, काँधमा जिम्मेवारी लिन सक्नु पर्छ र मस्तिष्कमा समझदारी हुनुपर्छ । तब हामी देशको असल नोकर बन्न सक्छौ । असल नेता नै देश र जनताको असल नोकर हो । असल र कुशल नोकर नै देश र जनता को असली हिरो हो । हामी यस्तो हिरो खोज्नु भन्दा आफै यस्तै कुशल हिरो बन्न कोसिस गरौं । राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय यस्ता हिरोहरु युगौयुगसम्म कुशल सुमार्ग रुपमा परिचित भइरहन्छन्, भइरहन्छन्, भइरहन्छन् ।

(नोट : कुनैपनि लेखमा लेखकले आफ्नो निजी विचार व्यक्त गर्ने भएको हुनाले हाम्रो संस्था अनलाइनपत्रिका डट कम कुनै पनि लेखमा लेखकले व्यक्त गरेको विचारमा सहमत वा असहमत हुन जरुरी छैन । सबैखाले विचारलाई पाठक समक्ष पुर्योउने हाम्रो प्रयास हो, धन्यवाद)

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु