सिलाइको आवश्यकता र महत्व

इन्द्रबहादुर शाक्य, पूर्व अध्यक्ष नेपाल हस्तकला उद्योग महासंघ
loading...

टुक्रा अथवा फाटेको वस्तुलाई जोडी सिउने प्रकृयालाई सिलाई भनिन्छ । जस्तोकी कपडा, छालाको टुक्रा, रुखको पात आदीलाई जोडी गाँस्ने विधि सिलाई हो । साथै शरीरको छाला वा मासु फाटेकोलाई जोडी सिउनु पनि सिलाई नै हो ।

धेरै जसो कपडाको टुक्रालाई जोडी सिउनेलाई सिलाईको नामाकरण गरी आएको छ । अर्को छाला, रेक्जिन, जुट आदीका सामान सिउनुलाई पनि सिलाईको नामाकरण गरि आएको छ ।

सिलाई व्यवसायी, पेशाको रुपमा लिएर आर्थिक लाभको काम गर्नुलाई सुचिकार भन्दछन् । व्यवसायीको रुपमा नलिएको व्यक्तिलाई सुचिकार भनिन्दैन, उस्लाई साधारण सिलाई गर्ने व्यक्ति भनिन्छ ।

संसारमा वस्त्र लगाउने चलन आएदेखि नै सिउने कामको सुरुवात भएको हो भन्न सकिन्छ । अर्को कुरा भात, खाजा आदी खानेमा प्रयोग गरिने रुखको पातलाई टिपेर जोडी अथवा गाँसी दुना, टपरी, वोता, मखरा आदी बनाउँदा बाँसको सिन्कोले सिएर सोबाट सिलाईको वस्तु बन्दछ । सो बनाउँदा सिउनै पर्दछ । पहिले पहिले हातले सिउने कामलाई हातको सिलाई भनिन्थ्यो, अहिले मेसिनबाट सिउनेलाई पनि सिलाई नै भन्दछन् । हाम्रो शरिरमा लाउने लुगा, वस्त्र आदी विना सिलाई तयार हँदैन ।

सिलाई गर्नुपर्ने कहाँ कहाँ हुन्छ ?

१. सर्वप्रथम मानिसलाई अपरेसन गर्दा अथवा छाला मासु फाट्दा टाँका लगाउने काम हुन्छ । त्यो पनि सिलाई हो । यो डाक्टर कम्पाउण्डरले गर्दछ ।

२. जनावरको शरिरमा अपरेसन अथवा सिलाई हुन्छ यो पनि भेटेनरी डाक्टरले गर्दछ ।

३. कपडाको लुगा, वस्त्र आदी तयार गर्दा सिलाईबाट नै गरिन्छ, यो पनि सुचिकारले गर्दछ ।

४. छालाको सामान तयार गर्दा पनि सिलाईमार्फत सुचिकारले नै गर्दछ । नेपालमा जुत्ता सिउने, ब्याग बनाउने काम मिजार (सार्की) हरुले गर्दछन् ।

५. बस्ने वस्तुहरु पनि तयार गर्दा सिलाईबाट नै हुन्छ, जस्तोः मेच, चकटी, सोफाका साथै यसको खोल पनि सिलाईबाट नै तयार गरिन्छ ।

६. ऊनीको सामान तयार गर्दा पनि सिलाईबाट नै हुन्छ । जस्तो ऊनका टोपी, मोजा, पन्जा, स्वेटर आदी ।

७. कागजको वस्तु सिलाईबाट नै बन्दछ । जस्तो की किताब, कापी आदी ।

८. गरगहना वनाउँदा पनि सिलाईबाट नै बन्दछ । जस्तोकी पोतेको सामान, मंगलसुत्र, जन्तर आदी बुन्ने र सिउने नै हो ।

९. रुखको पातबाट सामान तयार गर्दा सिलाई अथवा सिउने काम हुन्छ, जस्तो की डबका ।

मथि उल्लेख गरेका सबै सिलाईबाट नै हुन्छन् ।

सिलाई गरि रोखेको सामान प्रयोग गर्दा के–के मा फाइदा हुन्छ ?

१. स्वास्थ्य, २. यात्रा, ३. खानेकुरा, ४. सामान राख्न, ५. धनसम्पत्ती

स्वास्थ्य : स्वास्थ्यमा कसरी फाइदा हुन्छ भन्ने कुरा बाक्लो लुगा, डसना, सिरक, कोट, सुट, ज्याकेट, मोजा जुत्ता आदी प्रयोग गरियो भने जाडो वा ठण्डीबाट जोगाउँछ । यसले स्वास्थमा फाइदा गर्दछ । त्यस्तै गर्मी र पानी आदीबाट बच्नको लागि पातलो लुगा र घामपानी बाट बच्ने छाता वइदा (वदी) स्वास्थ्यमा फाइदा हुन्छ ।

यात्रा गर्दा : यात्रा गर्दा हामीले सबै सामान सिलाई गरि बनाएको झोलाभित्र राखेर यात्रा गर्दा, यसभित्र के छ भन्ने कसैलाई थाहा हुँदैन, पोको पनि धेरै हुँदैन । यो नै फाइदा भयो ।

खानेकुरा : खानेकुरा किनेर ल्याउँदा सिलाई गरि राखेको झोलामा राखेर ल्याइन्छ । कस्ता सामान किनेर ल्यायो भन्ने कसैको आँखा जाँदैन यो नै फाइदा भयो ।

सामान राख्नेमा : वहुमुल्य गहना, कपडा, झाडाकुँडा, औषधी आदी सामान किनेर ल्याउँदा सिलाई गरी राखेको झोला दिँदा वा लिँदा सामान खस्दैन, अरुले देख्दैन, नदेखेपछि चोरको आँखा लाग्दैन ।

धनसम्पत्ती : सम्पत्ती भन्नाले सुन, चाँदी, ज्वारहात, नोट, सिक्का आदी सिलाई गरि राखेको वस्तुमा ल्याउँदछ वा राखी राख्दछ, त्यो अरुले कति ल्यायो भन्ने कुरा थाहा हुँदैन । यो सबै सिलाई राखेको झालामा राखी ल्याउने गर्दा, त्यस्तै फाइदा भयो ।

सिलाईबाट के–के वस्तु अथवा चिजहरुमा फाइदा हुन्छ ?

मानिस जन्मेदेखि मर्ने बेलासम्म सबै वस्तु सिलाईबाट नै तयार गरि प्रयोग गरिन्छ ।

१. बच्चा जन्मदा : सानो बच्चालाई कपडाको लु्गा, भोटो, सुरुवाल, टोपी, पछी आएर पाइन्ट, सुट, कट्टु, कुर्ता, सुरुवाल, ब्लाउज, चोलो आदी वस्त्र प्रयोग सबै सिलाईबाट नै हुन्छ ।

२. ऊन : ऊनको सामान पनि सिलाई बुनाईबाट नै तयार गरि बनाउँदछ । जस्तो ऊनको टोपी, स्वीइटर, पन्जा, गलबन्दी आदी ।

३. छाला : छालाको सामान पनि तयार गर्दा सिलाईबाट नै तयार गरि मानिसले प्रयोग गर्दछ । जस्तोकी छालाको ब्याग, जुत्ता, ज्याकेट, टोपी आदी सिलाई गरि मानिसले प्रयोग गर्दछ ।

४. बस्दा/यात्रा : मानिस बस्दा होस या यात्रा गर्दा होस यी सामानहरुको पनि सिलाईद्वारा नै तयार गरिन्छ । जस्तोः मेच, चकटी, हवाइजहाजको सिटकभर, मोटर, ट्रेन, रकेट, साइकल आदीको सिट अनि कभर सिलाईबाट नै तयार हुन्छ ।

५. सुत्ने : मानिस सुत्ने बेलामा प्रयोग हुने वस्तु सिलाई बाट नै बनाएको हुन्छ । जस्तो डस्ना, सिरक, तकिया र तीनको खोला आदी ।

६. लगाउने : मानिसले लगाउने गहनाहरु पनि सिलाई, बुनाई बाट नै तयार गरिन्छ । जस्तोकी काठको गहना, सुनचाँदी, पितलको गहना, लिहरी, पोते आदी ।

७. पुरानो : पुरानो टुटेको फुटेको, विग्रेको सबै वस्तुहरुको सामान सिलाई गरी फेरि नयाँ जस्तो वनाई दिन्छ ।

८. संगीत : संगीतमा बजाउने बाजाका सामानहरु प्नि सिलाई बाट नै तयार हुन्छन् । जस्तो : मादल बनाउँदा छालाको डोरीले तानेर बनाउने गरिका नै सिलाई हो । यस्तो इन्द्रको बाजा, मृढंग शिवजीको बाजा डमरु, कृष्णको बाजा ढोलक, पश्चिमा बाजा, झाँकरी बाजा, मुस्लीमको तवला, अंग्रेजको ड्रमसेट, नेवाको धा, नौखी, ढिमेकीराती आदी छालाबाट बनेका सबै बाजा छालाको धागोले सिलाई गरि बनाउँदछ ।

९. मुकुट : देवी देवताको शरिरमा लगाउने मुकुट, राजा रानीले लगाउने श्रीपेच पनि मानिसले लगाउने टोपी पनि सिलाईबाट नै तयार गरि बनाइन्छ ।

१०. उपहार : जन्मदिनको, पास्ने गर्ने बेलाको, ब्रतवन्ध, विवाह, बुढाबुढीको भिमरथारोहण आदी कार्यक्रम गर्दा सिलाईबाट तयार गरिएको सामान नै धेरै उपहार दिने चलन छ ।

११. मरेको : मानिस मरेको अथवा स्वर्गारोहणको बेलामा प्रयोग हुने सबै वस्तु सिलाई गरि राखेकोबाट नै हुन्छ । राष्ट्रको झण्डा, पार्टीको झण्डा, समाजले बदाएर लाने कपडा, धार्मिक चिन्ह भएको वस्तुले छोएर लानु त्यो सबै सिलाई गरी राखेको हुन्छ ।

१२. खेल : फुटबल खेल्दा पनि सिलाई गरी राखेको सामान नै प्रयोग हुन्छन् । जुत्ता, लुगा, आँकल, छालाको बल, जाली आदी ।

१३. राष्ट्रको पहिचान : राष्ट्रको पहिचान पनि सिलाईबाट नै तयार गरिन्छ । जस्तोकी राष्ट्रको पोशाक, राष्ट्रको झण्डा सिलाई गरि राखेको राष्ट्रिय पोशाक लगाएको देखिएमा, त्यो मानिस यो देशको हो भनेर परिचय गर्न अथवा चिन्ह सजिलो हुन्छ । जस्तोकी नेपाली दाउरा सुरुवाल, जापानको किमो लुगा ।

१४. झण्डा : सिलाइएको झण्डाले पनि राष्ट्रको पहिचान जस्तो अमेरिकाको तारा भएको झण्डा, नेपालको चन्द्रसुर्य भउको झण्डा, धार्मिक झण्डाले पनि यो धर्मको त्यो धर्मको भनेर पहिचान हुन्छ । यस्तो पहिचान सबै सिलाईबाट नै हुन्छ ।

१५. जातजाती : विभिन्न जातजातीहरुले विभिन्न किसिमको वस्तु र सिलाईको लुगा प्रयोग गरि आउने वित्तिकै, त्यो मानिस कुन जातीको हो भनेर पहिचान हुन्छ । यो सबै सिलाई गरी राखेको बस्त्रबाट थाहा हुन्छ ।

संसारमा अथवा पृथ्वीमा प्राणी जन्मदाँ खेरी कसैले पनि लुगा लगाएर आएको थिएन । मानिस विस्तारै परिवर्तन भयो, त्यतिखेर लुगाको महसुस गरियो । जव लुगा र पोशाकको इच्छा गरीयो तब सिलाईको काम सुरु भएको थियो । अहिले आएर संसारमा सारा घरघरमा सिलाईको सुरुवात भएको छ ।

सत्ययुगको करा गर्ने हो भने शिवजीको श्रमिती सत्यदेवीले पनि हातबाट सिलाएर वस्त्र लगाएकी थिइन । माइली स्वास्नी पार्वती, अर्को ल्याइती गंगाले पनि हातबाट सिलाई गरी वस्त्र बनाएर प्रयोग गरेकी थिइन् । देवी देवता देखि मानिससम्म सबैले सिलाई गरि वस्त्र लगाएको पाइन्छ ।

सिलाई गरि वस्त्र नलगाउने जनावर, पशुपंक्षी मात्र हुन्न । अर्को सत्ययुगमा सृष्टीकर्ता महादेवको वस्त्रहिन थिए । त्यस्तै अर्को देवी जोगिनी पनि वस्त्रहिन नै देखिने छिन् । कलियुगमा महाविर पनि वस्त्रहिन थियो । अहिले भारतमा पनि एकजना देबी माता वस्त्रहिन (नाङ्गा)मा प्रवचन गरिरहेको दुरदर्शन (टि.भि.) बाट प्रचार भएको देखिन्छ । त्यस्तै अर्को महाबीर जैन धर्म मान्ने एक गुरुले पनि नाङ्गो भै प्रजचन गरी रहेको टिभिमा देखाएको छ । अहिले जनावर बाहेक सबैले मानिसले सिलाईगरी राखेको वस्त्र लगाएको प्रमाण हामीले देखेका छौं । सानो, ठूलो, थोरै, धेरै, धनी, गरिब सबैले सिलाएको लुगा लगाएर आएको छ ।

आजकल सिलाई गरेका सामन अथवा वस्तु अलि महंगो भएको देखिन्छ । मेसिनले सिलाई गरेको सामान सस्तो छ । हातले सिलाई गरि बनाएको सामान अति महंगो छ । जस्तोकी विभिन्न किसिमको बुट्टा भरि बनाएको लुगा अथवा वस्त्र हातले बुनाई सिलाई गरि तयार गरिन्छ त्यो महंगो मुल्य पर्दछ ।

हिजो आज सिलाई यस्तो कला भइसक्यो जस्तोकी मानिसको जिवन स्तर नै सिलाईमा भरपरि सक्यो । राम्रो डिजाइन, सिलाई गरेको लुगाले मानिसको जिवन स्तर माथि आएको देखिन्छ । फेशन डिजाइनले मात्र होइन मुख्यतः सिलाईको गुणस्तर भएको खण्डमा फेशन डिजाइन लुगा चल्दछ ।

सिलाईले राष्ट्रलाई फाइदा गर्दछ :

फेशन डिजाइनको साथै गुणस्तर भएको लुगा, वस्त्र बनाउन सकियो भने देशलाई फाइदा छ । जस्तोकी इटालीको मिलान शहरमा फेशन डिजाइन गरी सिलाएको गुणस्तरको लुगा हरेक साल निकासी हुन्छ । त्यस ठाउँको लुगा संसार भरि फैलिएको छ । र लुगा किनेर लगाउँछ । फेशन डिजाइन लुगा तयार गर्ने मिलानो शहरमा र फेसन डिजाइन शो गर्ने फ्रान्सको पेरिस शहरमा अलिे पनि चलन छ । सिलाई गरी तयार गरेको लुगा वा वस्त्र अहिले पनि टिभि एफ च्यानल २४ घण्टा प्रचार गरी राखेको हामीले देखेकै छौं ।

सिलाईले धेरै रोजगारी पाउँछ :

सिलाईको काम गरियो भन्ने धेरैले काम पाउँदछ । मिलानको डिजाइन गरेको लुगा राम्रो गुणस्तरको हुन्छ । त्यस ठाउँमा सिलाई गर्न व्यक्तिले उच्च ज्याला पाउँदछ । संसारमा सिलाइको उच्चमुल्य पाउने ठाउँ मिलान हो । त्यस ठाउँमा धेरैले रोजगारी अहिले पनि पाएका छन् । म आफैले पनि हेरेर आइसके ।

त्यस्तै वंगाल देशमा गार्मेन्ट कारखाना पनि धेरै सिलाईको काम हुन्छ । त्यस कारखानामा लाखौं कामदारहरु छन् । त्यस ठाउँबाट विदेशमा लाखौं संस्ख्यामा लुगा निकासी हुन्छ । निकासी गरेबापत सरकारलाई आर्थिक लाभ भएको छ । त्यस्तै भारत चिनले पनि निकासी गरी विदेशी मुद्रा आर्जन गरिरहेको छ । त्यस्तो ठाउँमा काम गर्दा लिङ्गको भेद हुँदैन । दुबैले त्यतिनै काम गर्दछन् । जब काम पाउँछन् त्यसको आम्दानी पनि हुन्छ । मानिसको जिवनस्तर माथि उठ्छ । सिलाईले गर्दा राष्ट्रलाई धेरै फाइदा हुन्छ । सरकारलाई राजश्व बढी आउँदछ । नाम पनि दाम पनि देशलाई ।

हाम्रो देशले नाम र दाम कमाउने हो भने सिलाईलाई विस्तार गरेर लानुपर्दछ :

१. सरकारले व्यवसायीको समस्या बुझि योजना तयार गरी सो अनुरुपको निति बनाई लागु गर्नु पर्दछ ।

२. सिलाई सम्बन्धमा दक्ष जनशक्ति उत्पादनको लागि उपयुक्त तालिमको व्यवस्था गरिनु पर्दछ ।

३. कच्च सामानहरुमा भन्सार छुट हुनुपर्दछ ।

४. बैंकलोन व्यवसाय संचालनमा सहज हुनुपर्दछ ।

५. अत्यावश्यक वस्तु भएकोले कर छुट हुनु पर्दछ ।

६. सम्बन्धित निकायका संघसंगठनसँग समन्वय गरि निकासी पैठारीमा ध्यान दिई कार्य गर्नु पर्दछ ।

७. विद्युत तथा पानी लगायत स्थानको उचित व्यवस्था हुनु पर्दछ ।

हाम्रो देशमा सिलाईको काम नभएको होइन, पूर्वकालदेखि नेपालीले लुगा सिलाउँदै आउका छन् । नेपालमा लुगा सिउने जाती नेवार, दमाई, चौधरी थिए तर अहिले आएर सबै जातजाती तथा महिला पुरुष देवैले सिलाई कार्य गरि आयआर्जन गर्दै आएको पाइन्छ । तर महिला भएमा बढी ६२ प्रतिशत ।

नेपालमा खपत हुने सिलाएको कपडा मध्ये नेपालमै सुट ९० प्रतिशत तयार हुन्छ । महिला वस्त्रको सम्बन्धमा भने चोलो भोटो, ब्लाउज ९० प्रतिशत नेपालमै तयार हुन्छन् । गुणस्तरीय र उच्चस्तरीय सिलाई नेपालमै तयार हुँदै आएकोले यसको विकासमा ध्यान दिन जरुरी छ । यस्तो हुँदाहुँदै पनि विदेशबाट निकासी भएका तयारी पोशाकले प्रत्यक्ष असर पारेको देखिन्छ ।

समग्रमा भन्नुपर्दा संसारमा सिलाई मानिसको जिवनमा अत्यावश्यक भईसकेकोले यो नङ र मासुको जस्तै सम्बन्ध त्यतिनै मानिस र सिलाईको सम्बन्ध रहेको महशुस गरेको छु ।

तपाईंको प्रतिकृया
Loading...