समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

१५ हजार तिरे एकदिनमै पासपोर्ट ! 

MRP-Nepali-Passportकाठमाडौं, ३ असार । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ । राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो ।

द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क तय गरेको हो । आफ्नै जिल्लाबाट नियमति रुपमा पासपोर्ट लिए यसअघिकै ५ हजार मात्र शुल्क लाग्नेछ। १० वर्षसम्मका बालबालिकालाई सबै सेवामा आधा शुल्क मात्र लाग्ने राहदानी विभागले जनाएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु