समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

फेसबुकको नयाँ फिचर्स, अब म्यासेन्जरबाट एसएमएस पनि पठाउन सकिने 

facebook-messenger-sms-integrationकाठमाडौं, २ असार । फेसबुकले आफ्नै म्यासेन्जरबाट एसएमएस पनि पठाउन सकिने नयाँ फिचर ल्याएको छ । फेसबुकको एन्ड्रोइड म्यासेन्जरबाट च्याट जस्तै गरी मोबाइलमा एसएमएस पनि पठाउन सकिने सुविधा आएको हो ।

यसका लागि छुट्टै म्यासेज स्क्रिनमा जानु पर्दैन भने आफूले चाहेको खण्डमा मात्रै प्रयोग गर्न सकिन्छ । यो फिचर अन गरेपछि म्यासेन्जरमा म्यासेज निलो रङमा र एसएमएस बैजनी रङमा आउनेछ ।

यसका लागि सामान्य टेक्सट म्यासेजको झैँ शुल्क लाग्ने फेसबुकले बताएको छ । आइओएस प्रयोगकर्ताका लागि भने यो सुविधा तत्काल उपलब्ध छैन ।

एसएमएस पठाउँदा टेलिकमद्धारा निर्धारित साधारण शुल्क नै लाग्नेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु