समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

एसएलसीको नतिजा भोली, थाहा पाउन हेर्नुहोस् तालिका 

काठमाडौं, १ असार । गत चैतमा सञ्चालित एसएलसी परीक्षाको नतिजा भोली (बिहीबार) प्रकाशन हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनको सम्पूर्ण काम सकिएको र बिहीबार नै नतिजा प्रकाशन गर्ने जनाएको हो ।
गतवर्ष भन्दा ढिला परीक्षा भए पनि कार्यालयले चाँडै नतिजा सार्वजनिक गरेको हो ।
यसवर्ष ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिनेछ । कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ ।
गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले परीक्षा दिएका थिए ।

के मा हेरेर थाहा पाउने ? (तालिका) :

slc list

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु