समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

साहित्यकार जसले अकालमा काल रोजे 

sahityarkar image 2

अनलाइन पत्रिका । कतिसम्म कठोर हुँदो रहेछ कसै–कसैको मन । पूर्वराष्ट्रपति रामवरण यादवसम्बन्धी पुस्तक टाकुरामा एकलो मान्छे नामक कृति प्रेसमा छाप्न दिएर भरत भुर्तेल श्रीमतीको जन्मदिनकै दिन गौशालाको पशुपति गेस्टहाउसमा झुण्डिए । साहित्यिक पत्रकार नकुल सिलवालले उनै भुर्तेलको सिको गरे र गत आइतबार आफ्नै निवासमा पासो लगाए । उसो त ३३ वर्षकै उमेरमा भैरव अर्यालले भीरबाट खसेर प्राणको आहुती दिए । भारती खरेलले आफैलाई आगो झोसिन् भने राजेश्वर रेग्मीको हालत त्यो भन्दा फरक रहेन । अर्को साहित्यकार लाल बालक धरहराबाट हामफाले ।
साहित्यकारका अनुसार नकुल पशुपतिसमशेर राणानिकट हुँदै पछि एमाले भएका हुन् । ‘बगर’ नाम पत्रिका र नदी नामक अर्को पत्रिका प्रकाशन गर्थे । नदी बन्द भयो । बगरका हरेक अंक विशेषांकको रुपमा प्रकाशन गर्दै आएका थिए । आगामी अंक कवि मनु मञ्जिलको विशेषांक निकाल्ने तयारी थियो । हाल अमेरिकामा रहेका साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’संग नजिकिए । उनको संगतले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग निकट भए । बानेश्वरमा घर बनाए । नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिव बन्न चाहन्थे । तर, त्यो चाहना पुरा हुन सकेन । भाइ नारायण सिलवाल एमाले महासचिव ईश्वर पोखरेलका विश्वासपात्रा हुन् । पोखरेल उद्योगमन्त्री हुँदा सहयोगी भएर काम गरे । बुहारी रत्ना गुरुङ अघिल्लो संविधानसभामा सभासद् थिइन्, एमालेकै कोटाबाट ।
पत्रिकाको आम्दानीबाट बुढेसकालको पुँजीका रुपमा सुन किनिराख्थे । दुई वर्षअघि घर चोरी भयो, त्यही समयदेखि डिप्रेसनमा परे । यसकै प्रभाव घरबाट मुस्किलले बाहिर निस्कन्थे । कुनै साहित्यिक कार्यक्रम र जमघटमा देखिदैनथे । दुई सन्तानका पिता सिलवालको मंगलबार अन्त्येष्टि गरिएको छ ।
उसो त चर्चित पुस्तक ओल्ड म्यान एन्द द सी लेख्ने अमेरिकी लेखक अर्निस्ट हेमिङ्वे र जापानी साहित्यमा नोबेल पुरस्कार जित्ने पहिलो लेखक यासुनारी कावावाताले समेत आत्महत्या गरेका थिए । हेमिङ्वेले आफैले पेस्तोल हानेका थिए भने यासुनारीले हाराकिरी (पेट रेटेर आन्द्रा निकाली गरिने अतिवादी आत्महत्या) गरेका थिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु