समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

गायिका र बेली डान्सर भनेको मनपर्छ : शालु 

jamkabhet shalu final

शालु गौतम कुशल बेली डान्सर हुन् । गौतम गायन र मोडलिङमा पनि उत्तिकै जमेकी छन् । तीजलाई लक्षित गरी उनी ‘बेमान शिवजी’ को तयारीमा छन् । अनलाइन पत्रिकाको तर्फबाट सन्तोष परियारले भैंसेपाटी स्थिति उनकै निवासमा उनीसँग गरेको जम्काभेट ।
शालु जी नमस्ते, सन्चै हुनुहुन्छ ?
नमस्कार, सन्चै छु ।
अनि खाना खानु भयो त ?
हजुर खाइसके ।
अनि आज के मा व्यस्त हुनुहुन्छ ?
आज बन्द परेकोले खासै व्यस्त छैन । बाहिरी काम आज भएन, घरायसी काममा मात्रै ।
भनेपछि बन्दले यहाँको कामलाई पनि असर पर्यो, होइन ?
हजुर हो । मेरो मात्रै के भन्नु सबै नेपालीलाई असर परेको छ नि ।
तपाईको हिसाबले कुनै माग राखेर नेपाल बन्द गराउनु कत्तिको ठीक हो ?
माग राख्नु ठीक हो । तर नेपाल बन्द नै गर्नु अलि ठीक होइन कि ? नेपाल खुला राखेर मागहरु राखौं न, सर्वसाधारण जनतालाई असर नपुग्ने गरी ।
शालु जी, बजारमा त तपाईको निकै चर्चा छ नि ?
(हाँस्दै) हो र, मेरो पो चर्चा छ है ।
तपाई आफैले आफूलाई चिनाउनुपर्दा ?
गायिका तथा बेली डान्सर शालु ।
मोडल भन्ने छुटेन र ?
(हाँस्दै) हो, मलाई मोडल भनेर पनि चिन्छन्, तर म आफूले आफूलाई मोडल भनेर चिनाउन त्यति मन पर्दैन त्यसैले मैले अरुको धेरै म्यूजिक भिडियोहरु पनि खेलेको छैन ।
शायद तपाईको हट फोटो शुटले गर्दा हो कि मोडल भन्नेको संख्या बढेको ?
हुन सक्छ । मोडलिङ्ग पनि नगरेको होइन, कामहरु गरिरहेको छु तर पनि गायिका र बेली डान्सर भनेको मनपर्छ ।
अनि यो बेली डान्स कहाँ सिक्नु भयो नि ?
अध्ययनको सिलसिलामा म पोर्चुगलमा थिएँ, त्यही सिकेको हो ।
अनि कति भयो बेली डान्स गर्न थाल्नुभएको ?
४–५ वर्ष भयो ।
अनि गायन क्षेत्रतिर नि ?
भर्खर भर्खर हो, सिक्दै पनि छु गाउँदै पनि छु ।
तपाईको ‘नेपालकी छोरी’ले त राम्रै बजार पायो अनि धेरै स्रोताहरुको मन जित्न पनि सफल भयो नि, होइन ?
हजुर हो, दर्शक र स्रोताहरुको धेरै माया अनि साथ पाएको छु । युवादेखि वृद्धसम्म सबैले धेरै मन पराई दिनु भएको छ ।
अहिले कुनै नयाँ गीतको तयारीमा हुनुहुन्छ कि ?
‘बेमान शिवजी’ भन्ने तीज गीतको तयारीमा छु । आशा छ यो गीतले पनि स्रोतहरुको मन जित्ने छ ।
भनेपछि यो तीजमा धेरैलाई नचाउने विचारमा हुनुहुन्छ ?
(हाँस्दै) हजुर ।
यो गीतको लागि अग्रिम शुभकामना शालु जी ।
धन्यवाद ।
अनि तपाईको बेली डान्स दर्शकले कहाँ र कसरी हेर्न पाउनु हुन्छ ? कुनै विशेष कार्यक्रम वा ठाउँ ?
त्यस्तो विशेष ठाउँ त छैन हाललाई । कार्यक्रमहरु भइरहेका हुन्छन्, मलाई निम्तो आएको ठाउँमा म प्रस्तुति दिन्छु, यसै क्रममा देशको कुनाकाप्चा धेरै ठाउँमा पुगेको छु, मलाई दर्शकहरुले मञ्चमा बेली डान्स गर्दै गरेको प्रत्यक्ष देख्न सक्नु हुन्छ ।
भनेपछि गायिका र बेली डान्सरको रुपमा कार्यक्रमहरु मै व्यस्त हुनुहुन्छ ?
हजुर धेरै नै व्यस्त छु यतिबेला ।
हुन्छ शालु जी तपाईले दिनुभएको यो समयको लागि धन्यवाद, केही कुरा छुटपुट छन् कि ?
तपाईलाई पनि धन्यवाद । तीजको गीत ‘बेमान शिवजी’ चाँडै आउँदैछ, मनपराई दिनुहोला भन्ने आसा राख्दै सबैले मलाई र नेपाली सांगीतिक क्षेत्रलाई माया र साथ दिनुहोला, धन्यवाद ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु