समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

दक्षिण कोरियाली लेखकले जिते बुकर पुरस्कार 

एजेन्सी –  दक्षिण कोरियाली लेखक हेन कैङलाई वर्ष २०१६ को बुकर पुरस्कार प्रदान गरिएको छ ।
हेनको पुस्तक “द भेजेटेरियन”लाई बुकर पुरस्कार दिइएको हो । मूलरुपमा कोरियाली भाषामा प्रकाशित यो पुस्तकलाई डेबोराह स्मिथले अंग्रेजीमा अनुवाद गरेका छन् । पुस्तकलाई पोर्टबेलो प्रकाशनले प्रकाशित गरेको हो ।

म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पाउने विजेताले ५० हजार पाउण्ड पाउने गर्दछन् । यो पुस्तकका लागि अनुवादक र लेखक दुबैले २५, २५ हजार पाउण्ड प्राप्त गरेका छन् । छनौटमा परेवापत उनीहरुले थप १ हजार पाउण्ड समेत पाए ।_84548365_man-booker-prize-trophy--2

लेखक हान अहिले सियोल इन्सिच्यूट अफ आर्ट्समा पढाइरहेका छन् । कोरियामा उनी निकै चर्चित लेखकका रुपमा चिनिन्छन् । यसअघि उनलाई कोरियाको यी साङ साहित्य पुरस्कार, आजको युवा कलाकार अवार्ड तथा कोरियाली साहित्य नोबेल अवार्डबाट समेत सम्मानित गरिएको थियो ।

द भेजेटेरियन भने अंग्रेजीमा अनुवाद भएको उनको पहिलो उपन्यास हो ।
पुरस्कार छनौटको अन्तिम सूचिमा ओरहन पामुक, इटालीयन लेखक एलेना फेरान्टे, एंगोलाका वर्डस्मिथ जोस इड्रो एक्वालस, चिनियाँ लेखक यान लियान्के र अष्ट्रियन उपन्यासकार रोबर्ट शीथर रहेका थिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु