नेपाल इन्स्योरेन्स कम्पनीको दश लाख कित्ता शेयर बिक्री गर्दै नेपाल बैंक

loading...

काठमाडौं, १५ बैशाख । नेपाल बैंकले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको दश लाख ३१ हजार ६७४ कित्ता शेयर सर्वसाधारणलाई विक्री वितरण गर्ने भएको छ।

nepal bank

सोको लागि, बैंकले शेयरका लागि न्युनतम चार सय रुपैया मूल्य तोकेको छ। यो शेयर विक्री पछि बैंकलाई न्युनत्तम ४१ करोड रुपैयाँ प्राप्त हुनेछ। अहिले नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्सुरेन्सको प्रतिकित्ता साढे सात रुपैयाँमा सेयर कारोवार भैइरहेको छ। नेपाल बैंकले यो शेयर विक्रिका लागि सिद्धार्थ क्यापिटललाई विक्रि प्रवन्धकका रुपमा नियुक्त गरेको छ।  बजार मूल्यमा कम्पनीको सेयर विक्रि भए नेपाल इन्सुरेन्सबाट कम्पनीले ७५ करोड रुपैयाँभन्दा बढी प्राप्त गर्नेछ। नेपाल इन्सुरेन्समा सेयर आवेदनका लागि २१ दिनको समय दिइएको छ भने न्युनत्तम चार लाख ३१ हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

कम्पनीमा नेपाल बैंकको अझै पनि दश प्रतिशत शेयर रहनेछ । नेपाल बैंकले नेपाल इन्सुरेन्ससहित राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष तथा तारागाउँ रिजेन्सीको सेयर समेत विक्रि गर्ने तयारी गर्दैछ।  नेपाल बैंक अझै पनि सञ्चित नोक्सानीमा छ।

चार कम्पनीको सेयर विक्रिपछि प्राप्त हुने तीन अर्व रुपियाँपछि बैंकको सञ्चित नोक्सानीबाट मुनाफा आउनेछ।  हाल बैंकसँग तारागाउँको ७० लाख कित्ता, राष्ट्रिय बीमा कम्पनीसँग एक लाख ३६ हजार कित्ता तथा नागरिक लगानी कोषको तीन लाख ३४ हजार कित्ता सेयर रहेको छ ।

तपाईंको प्रतिकृया
Loading...