समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

“यो पटक हाम्रै नेतृत्व आउँछ” 

madhab dulal 1

माधव दुलाल

जिल्ला सहकारी संघका बारेमा केही बताईदिनुस् ?
जिल्ला सहकारी संघ भनेको जिल्लाभित्र रहेका क्रियाशिल सहकारीहरूको विकासमा टेवा दिनका लागि, सहकारीबिच एकता कायम गर्न लगाउने, भाइचारा र भातृत्वको सम्बन्ध स्थापना गर्ने र सहकारीमैत्री वातावरण निर्माण गर्ने, सहकारी नीति निर्माण, बहस र पैरवी गर्ने लगायतका कार्यहरू गर्छन् ।
दुई कार्यकाल अध्यक्ष रहनुभयो, फेरिपनि अध्यक्षमै आउन चाहनुभएको छ, किन ?
मैले आजभन्दा अगाडिपनि अध्यक्षकै भूमिकामा बसेर काम गरेँ । मेरो कार्यकालमा धेरै रचनात्मक कामहरूपनि भएका छन् । आरम्भ नामको ऐतिहासिक नाटकको प्रदर्शन भयो । सहकारीको विशेष पुस्तिकाहरू प्रकाशनको काम भयो । सहकारीको वृतचित्र निर्माणको कामपनि मेरै पालोमा भयो । १ सयभन्दा बढी शिक्षा तथा तालिमहरू सम्पन्न भयो । सहकारीसँग सम्बन्ध राख्ने अन्य निकायसँग समधुर सम्बन्ध स्थापित गराउन सकेँ । सहकारी प्रर्वद्धन केन्द्रको स्थापनाको लागि भारतीय दूतावासको सहयोगमा काम हुँदैछ । जसको जगपनि खनिएको छ । केन्द्रभित्र सूचना, शिक्षा र तालिम हुनेछ । अन्र्तराष्ट्रिय र राष्ट्रियस्तर बजारको समन्वय केन्द्रमा हुनेछ । यी सबै कुराहरूलाई व्यवस्थापन गरेर लानुछ । धेरै चुनौतीपनि रहेको हुनाले यसलाई मेरै नेतृत्वमा समाधान गर्नुपर्छ भन्ने सहकारीकर्मीहरूको साथ जुटेको हुनाले मैले पुनः अध्यक्षको लागि उम्मेद्वारी दिएको हुँ ।

संघमा यो पटक यहा“कै नेतृत्व आउ“छ भन्नेमा कतिको ढुक्क हुनुहुन्छ ?
मलाई जहाँसम्म लाग्छ । यो पटक हाम्रै नेतृत्व आउँछ । राष्ट्रिय पुरस्कारबाट घोषित जिल्ला सहकारी संघ ललितपुरको फेरिपनि साख जोगाउन सक्छु । अहिले जिल्ला सहकारी संघ ललितपुरले जसरी रचनात्मक र सुधारात्मक काम गरेको छ । मेरै नेतृत्वमा पनि राम्रो समन्वय भएको हुनाले यो पटक यस्तै अवसर जुर्छ भन्नेमा विश्वस्त छु । यसकारण यो पटक मेरै नेतृत्व आउने पक्का छ ।

स्पष्ट भनिदिनुस्, यहा“कै नेतृत्व आयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
यो पटक मेरै नेतृत्व आयो भने अहिले निर्माण कार्य हुँदै गरेको सहकारी प्रर्वद्धन केन्द्रको निर्माण गर्ने र त्यसमा बजार व्यवस्थापनको पहिलो काम हुनेछ । सहकारीको उत्पादित बस्तुहरूलाई एकिकृतरूपमा एउटै छानामुनि विक्रिवितरणको सेवा सहज बनाउने लक्ष्य राखेका छौं । नकारात्मक प्रभाव पार्ने गरि मन्त्रालय पुगेको सहकारी ऐनको प्रस्तावलाई लागू हुन नदिई सहकारीकर्मीलाई जोगाउनेतिर प्रयास रहनेछ ।

सहकारीकर्मी माझमा संघले नया“ अनुहार खोजेको हो भन्ने हल्ला पनि छ नी ?
यो राम्रो प्रश्न उठाउनुभएको छ । सहकारीकर्मीले नयाँ अनुहार खोज्नु स्वभाविकै हो । संघको नेतृत्वमा मात्रै होइन । संघमा अन्य पदका लागि पनि नयाँ अनुहारहरूले दरखास्त दिनुभएको छ । कतिपय सन्दर्भमा धेरै कुरा व्यवस्थित गर्नुपर्ने कारणहरू भएको हुनाले अनुभवी नेतृत्व आवश्यक भएको हो ।

राजनीतिक आड बिना निर्वाचन जित्न सकिन्छ ?
वास्तवमा नीति मध्येको नीति भएको हुनाले राजनीति भनिन्छ । यद्दपी जिल्ला संघको चुनावमा जो जसरी पार्टीमा खुलेर लागेका छन् यसले पनि केही मत अन्तर पार्ने निश्चित छ । सहकारी बुझेका, वर्षाेदेखि सहकारी क्षेत्रमा लागेका अनुहारको चासो रहने कारणले गर्दा राजनीतिको आडले त्यति फरक नपर्ला । काम र मुल्यांकनको आधारमा लेखाजोखा हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु