समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

नेपाल लाइफ इन्सुरेन्सद्वारा लाभांस र एफपीओ घोषणा 

loading...

काठमाडौं, १७ चैत्र । नेपाल लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई लाभांस दिने भएको छ। इन्सुरेन्स कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका १.३२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।

सेयर स्वामित्व अनुपात ७०:३० बनाउनका लागि कम्पनीले एफपीओं जारि गर्ने भएको छ। कम्पनीको संचालक समितिले गरेको लाभांस र एफपीओ प्रस्ताव बिमा समिति तथा आगामी वार्षिक साधारण सभाले पारित गर्न बाँकि रहेको छ। गत बर्षको खुद नाफाबाट लाभांस वितरण गर्न लागेको कम्पनीको लाभांस वितरणपछि चुक्ता पुंजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ हुनेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ । गत बर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर तथा ८ प्रतिशत नगद लाभांस दिएको थियो ।

कम्पनीको वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १४ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ जुन गत बर्षको यस अवधिसंगको तुलनामा ४३.५४ प्रतिशतले बढी हो । गत बर्ष यस अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । त्यस्तै कम्पनीको आम्दानि ८.२४ प्रतिशतको वृद्धि भई २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने खर्च ३२ प्रतिशतले घटेर ९ करोड ३८ लाख रुपैयाँमा झरेको छ । कम्पनीले यस अवधिमा २६ करोड ५४ लाख रुपैयाँ जगेडा राखेको छ । पहिलो ६ महिनामा कम्पनीको आम्दानि बढ्दा खर्च घटेको छ । जसले गर्दा कम्पनीको खुद मुनाफा बढेको हो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु