समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

निजी विद्यालयहरुमा नयाँ नियम 

schoolकाठमाडौं, २६  फागुन । जथाभावी शुल्क तोक्ने र बढाउने निजी विद्यालयले अब त्यसो गर्न पाउने छैनन् । तिनले लिने शुल्क अभिभावक भेलाको दुई तिहाईले तय गर्नुपर्ने भएको छ ।
शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकाले शुल्क, भौतिक पूर्वाधार, शिक्षक, शिक्षिकाका सुविधा लगायतमा कडा नियम लगाएको हो । विद्यालय भवन भूकम्प  प्रतिरोधात्मक र अपांगमैत्री हुनुपर्ने, विद्यार्थीको उमेर अनुसार डेक्स बेन्च हुनुपर्ने, शिक्षकको तलव कम्तिमा सरकारीसरह हुनुपर्ने, उल्लंघन गरे अनुमति रद्ध गरिने लगायतका नयाँ नियम आएको छ ।  कान्तिपुर दैनिकमा समाचार छ ।
Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु