जिल्ला सहकारी भक्तपुरका अध्यक्षकाे निधन

loading...

काठमाडौँ। जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष सुरेन्द्र प्रताप शाहकाे निधन भएकाे छ । गए राति डा.इवामुरा मेमोरियल हस्पिटल सल्लाघारी भक्तपुरमा उपचारकाे क्रममा ६९ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे । शाह भक्तपुरको नगरकोट नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका अध्यक्ष समेत हुन् । उनले विगत २७ वर्षदेखि अध्यक्ष सम्हाल्दै अाएका थिए । आज भक्तपुर अस्पतालको प्राङ्गणमा राखिएको शाहको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेपछि श्रम तथा रोजगार एवम् वाणिज्य मन्त्री दीपक बोहराले लामो समय राप्रपामा रहेर योगदान दिनुभएको शाहको निधनले सिङ्गो पार्टी स्तब्ध भएको बताए।

 

तपाईंको प्रतिकृया
Loading...