समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

घिमिरेलाई राष्ट्रिय विभूति साहित्यिक पुरस्कार दिने निर्णय 

विराटनगर। लक्ष्मीदेवी गुभाजू स्मृति प्रतिष्ठान विराटनगरले विसं २०७२ को राष्ट्रिय विभूति साहित्यिक प्रतिभा पुरस्कार ओमकुमार शर्मा घिमिरे, उहाँकी माता लक्ष्मीदेवी, श्रीमती दुर्गाकुमारीलाई दिने निर्णय गरेको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको बैठकले विसं २०१२ देखि शिक्षा क्षेत्रमा योगदान गरेबापत उहाँहरूलाई सो पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका संस्थापक अध्यक्ष कविमान वज्राचार्यले जानकारी गराउनुभयो । उक्त पुरस्कार पाउने महानुभावको आमा र श्रीमतीलाई पनि दिने प्रतिष्ठानको नियमअनुसार उहाँकी आमा र श्रीमतीलाई पनि पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको र सो पुरस्कार आगामी वसन्त पञ्चमीका दिन प्रदान गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु