समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

डाजाङको साहित्यिक कार्यक्रम र विमोचन 

काठमाडौँ, १ कात्तिक । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार नियमित रुपमा गर्दै आएको साहित्यिक श्रृंखला (ग्योइकाइ गेताङ) र विमोचन कार्यक्रम असोज ३० गते शनिवार काठमाडौको आर. आर. क्याम्पसमा सम्पन्न भएको छ । तामाङ भाषा र साहित्यको उत्थान र प्रर्वद्धन गर्ने उदेश्यले आयोजना गरेको आजको १४६ औं ग्योइकाइ श्रृंखलामा ३ वटा तामाङ भाषाको गीति तथा भिडियो एल्बमहरु प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ र अन्य अतिथिहरुबाट एकसाथ विमोचन गर्नुभएको छ ।

tamang

रोशन फ्युबा तामाङद्धारा निर्देशित स्ह्याल्गर चलचित्रको भिसिडी, मिलन तामाङ मोक्तानको देन्बा माया र बिजय मोक्तान तामाङको म्हार म्हेन्दो नामक तामाङ भाषाको अडियो सिडीलाई विमोचन गर्नुहुँदै प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारुङले कुनै पनि जातिको भाषामा श्रृजना गरिएको साहित्यले ठूलो महत्व राख्दछ । यस्तो कार्य तामाङ स्रष्टाले मात्र हैन नेपालको जुनसुकै जातिको भाषामा कलम चलाउने स्रष्टाहरुले गर्नु पर्दछ र निरन्तर हुन पनि जरुरी रहेको बताउनु भयो । जुन भाषामा साहित्य लेखे तापनि त्यो भयो या भएन ? त्यसलाई परिस्कृत गरिरहनु पर्दछ तर लेख्न छोड्नु हुँदैन । पछिल्लो समयमा विभिन्न राजनीतिक घटनाहरुले आदिवासी जनजातिहरुको मौलिकतालाई मेटाउन खोजे पनि कसैले मेटाउन नसकिने प्राज्ञ मुकारुङले बताउनु भएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हँुदै अतिथि तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानले कुनै पनि कलाकार वा स्रष्टाले साहित्य र गीतसंगीतलाई रहर र समसमायिक विषयमा मात्र केन्द्रीत गर्नु हुँदैन, सदावहार अमर रहिरहने खालको श्रृजना हुन आवश्यक रहेको बताउनु भएको छ । त्यसैगरी कार्यक्रममा तामाङ साहित्य एकेडेमीको कुलपति अमृत योन्जन तामाङ, तामाङ संस्कृति घेदुङका अध्यक्ष प्रेम लो तामाङ, तामाङ सोसाइटी अफ अमेरिकाको पूर्व अध्यक्ष इन्द्र तामाङलगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

उक्त ग्योइकाइ गेताङमा स्रष्टाहरु यकिना अगाध, अर्जुन ग्लान, लक्ष्मी रुम्बा, मुक्तान थेबा, राजु स्याङ्तान, अर्जुन पाख्रिन, राजन वाइबा, फुलकुमार बम्जन, हेम वाइबा, ङेमा गोले, राम गोम्जा, राम बि.लामा, धनकुमारी घिसिङ, संगिता थिङ, सक्तलसिं योन्जन, मिलन लामा, रोशन फ्युबा, बिजय मोक्तान लगायतले तामाङ भाषामै कविता, गजल, मौलिक गीत प्रस्तुत् गर्नु भएको छ । कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जन लामाले तामाङ फिल्म् र गीति साहित्यमा विमोचित नयाँ संग्रहले इट्टा थप्ने कार्य भएको बताउनु भयो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु