समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

अशोकवाटिकाको साधारण सभा सम्पन्न 

loading...

काठमाडौँ १२ असोज । अशोकवाटिका बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष जयप्रकाश घिमिरेको सभापतित्व साथै जिल्ला बचत तथा श्रृण सहकारी संघ लि. का अध्यक्ष  राधा सिन्तानको प्रमुख अतिथ्यमा संस्थाको दशौं साधारण भेला सम्पन्न भएको हो ।ashokbatikaकार्यक्रममा  बिष्णुमान श्रेष्ठ चिसापानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति,  रामकृष्ण तिवारी महामती साकोस,  श्रीराम खतिवडा गरिबी निबारण साकोस,  कृष्ण प्रसाद सापकोटा चेतनशिल दु. उ. स. स. प्रल्ह्ाद घिमिरे चिसापानी साकोस,  बरुण खतिवडा बंशगोपाल साकोस आदि अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको गतिबिधिको बारेमा समिक्षाको लागि सेयर सदस्य पुरुषको तर्फबाट श्रीराम दहाल एवम् सेयर सदस्य महिलाको तर्फबाट सदस्य  अम्बिका सापकोटाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ०७१/०७२ र ०७२/०७३ को प्रतिबेदन प्रस्तुत गरियो । लेखा समिति संयोजक मोहन बस्ताकोटीले लेखा सुपरिवेक्षण प्रतिवदन  प्रस्तुत गर्नु भयो  । कोषाध्यक्ष अस्मिता आचार्यले लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।  संयोजक लेखनाथ ढकालले शिक्षा उप-समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने महिला सशक्तिकरण उप-समितिको प्रतिबेदन संयोजक श्री उषा राइले प्रस्तुत गर्नु भएको थियो ।

पुरस्कार बितरणतर्फ उत्कृष्ट बचतकर्ता पुरुष श्री राधेश्याम गजुरेल उत्कृष्ट बचतकर्ता महिला श्री फुलमाया राइ, उत्कृष्ट श्रृणि पुरुष श्री केदार प्र. पौडेल, उत्कृष्ट श्रृणि पुरुष श्री तिलक प्र. पुडासैनि, जेष्ठ सदस्य पुरुष श्री हरि बहादुर थापा, जेष्ठ सदस्य महिला श्री डम्बर कुमारी दंगाल, संचारकर्मि सम्मान सुरेश श्रेष्ठ (सम्बृध्द समाज), एसएलसी २०७१ सम्मान तर्फ, सामुदायिक विधालयतर्फ छात्र प्रदिप आचार्य, ७४% जनप्रिय मा. बि. संस्थागत बिधालयतर्फ छात्र  दिपेश ढकाल ८५.३८%  तासिर इ. स्कुल, छात्र संजय राइ ८५.३८% ब्राइटफ्युचर मा. बि., छात्रा आकृति कार्कि ७७.३८% रेडरोज इ. स्कुललाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु