समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

तिम्रो लागि व्रत बसें… 

loading...

[रिता अधिकारी]

ritaaa

तिम्रो लागि व्रत बसें महादेब खुशी पार्नलाई
जीवन सबै सुम्पेकी छु,नदेउ आँसु झार्नलाई ।
यो तीजमा छमछम नाच्दै बारुले कम्मर भाचेर
साथ देउ सँधैभरी मीठो सँग हाँसेर ।।

तिम्रो मेरो साथ रहोस सयौ जुनी भरीलाई
साथ देउ मेरा प्यारा सँधै भरीलाई ।
यसपालीको तीजमा लेखें गीत गाउनलाई
शिवजीको व्रत बसें तिम्लाइ पाउनलाई ।।

रातो सारी फर्र् पारी चट्ट मिलाइ लगाउँला
दिदी बहिनी सबै मिलि कम्मर भाँचौंला ।
तिम्रो हातले दिएको सङ्लो जल पिउँला
यसैगरी सँधै भरी तीजको व्रत बसौंला ।।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु