समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

महाकवि देवकोटाको बारेमा लुकेका तथ्यहरु (फोटो फिचरसहित) 

नेपाली साहित्यका महाकवी देवकोटा विलक्षण प्रतिभाका धनी थिए । लक्ष्मी पूजाको दिन जन्मे पनि उनी सरस्वतीका उपासक भए । लक्ष्मी अर्थात धनको अभाव सधैरह्यो उनलाई । यसका साथै उनले आफनो जीवनमा धेरै आरोह अवरोध व्यहोरे । देवकोटाका जिन्दगीका नखुलेका पाटा यस्तै थुप्रै छन् जुन रोचक मात्र होइनहृदयस्पर्शी र मार्मिक पनि छ ।

LAXMI PRASAD3

नेपाली साहित्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको उल्लेखनीय योगदान रहेको छ । देवकोटाका साहित्यिक कृतिहरु नेपाली साहित्यका अजर अमर सम्पति हुन् ।देवकोटा जस्ता कविहरु एक युगमा एकपटक मात्र जन्म लिन्छन् । देवकोटा कसरी महाकवि बन्न पुगे ? उनको शुरुको इच्छा के थियो ? उनले जीवनमा के कस्ता संघर्षगर्नुप¥यो ? उनलाई महाकविको उपाधि कसले दियो ? यावत कुराहरुको लागि उनको जीवनी नै पढ्नु पर्ने हुन्छ ।

लक्ष्मी प्रसाद देबकोटाको जन्म १९६६ साल कार्तिक २७ गते काठमाडौको डिल्लीबजारमा भएको थियो । उनलाई आफ्ना बावुका कविता सार्दासार्दै साहित्यको रस बस्नथाल्यो । उनका पिता तिलमाधव देवकोटाको इच्छा उनलाई पण्डित बनाउने थियो तर उनी अंगे्रजी शिक्षा हासिल गर्न चाहने भएकाले उनी अंगे्रजी पढ्न थाले । उनीआठौं कक्षाबाट एकैचोटि दसौं कक्षा पढेर १७ वर्षको उमेरमा भारतको पटनाबाट म्याट्रिक पास गरे ।

उनका दाजुले भाउजु सोमकुमारीलाई सौता हालेका थिए  । त्यसैको विरोध स्वरुप उनले १० बर्षको कलिलो उमेरमै आफ्नी जेठी भाउजु सोमकुमारीको व्यथामा जलेर ‘मत अभागी पो भए’ शीर्षकको कविता लेखेका थिए । देवकोटा डाक्टरी पढ्न चाहन्थे तर आर्थिक अभावले उनको डाक्टरी पढ्ने इच्छा पुरा नभएपछि उनी विज्ञान पढ्दैट्युशन पढाउने काम गर्न थाले ।

उनले वि.सं.१९८५ मा आइएस्सी र वि.सं. १९८६ र १९९० मा क्रमशः बिए र बिएल पास गरे । उनी प्रेमिल स्वभावका थिए । युवावस्थादेखि नै लक्ष्मीप्रसाद भावना ररोमान्समा हराउन थाले साथै लेखनलाई नै जिन्दगीको एउटा अमूल्य पाटो बनाउदै अघि बढे । उनले पहिलो पटक ‘घडी’ शीर्षकको कविता साथीहरुमाझ लेखेर सुनाएर‘कोपिलाउदो कवि’ को दर्जा पाएका थिए ।

उनले नेपाली र संस्कृत भाषामा कविता लेख्न थाले । तर, पहिलो पटक गीताको आधारमा संस्कृतमा कविता लेखेर बुवालाइ देखाउँदा भने उनले अशुद्व, बेकम्मा रनमिलेको भनेर गाली खानुका साथै उनका कविता नै फ्याँकियो । त्यसैदिन देखि संस्कृतमा कविता लेख्ने इच्छालाई तिलान्जली दिदै नेपाली भाषामा मात्र कविता लेख्नथाले । त्यसको केही समय पश्चात उनी पाश्चात्य कविहरु सेली र वर्डस्वर्थ आदिको प्रभावमा पर्दै कविता लेख्न थाले ।LAXMI2

देवकोटाले चौध भाषा बुझ्दथे र नौ भाषामा कविता लेखेका थिए । जसमा संस्कृत, नेपाली, नेवारी, अङ्गग्रेजी, बङ्गाली, उर्दू, फ्रेन्च, जर्मनी र रसियन लगायत थिए ।देवकोटा आँखा उघारे देखि नसुतेसम्म काव्यमै विचरण गरिरहेका हुन्थे, उनी स्वच्छन्दतालाइ रुमानि भन्दथे । नेपाली भाषासाहित्यमा उनी रुमानी प्रवृतिलेखनकाश्रीगणेश समेत गरेका थिए ।

देवकोटाले कति लेखे त्यसको हिसाबकिताब र लेखाजोखा उनीसंँगै थिएन । उनी भन्थे, ‘सयकडा ७५ कृतिहरु हराए २५ मलाई नै याद छैन, अलिअलि बाँकी रहेकोमनदेवी देवकोटाले बच्चाहरुको आची पुछेर फालिदिन सक्छिन् ।’ उनले नेपाली भाषा साहित्यलाई अङ्गग्रेजी भाषामा अनुवाद गरेर बिश्वसामु चिनाउने काम गरे ।

देवकोटाभित्रको प्रतिभा चिन्ने पहिला नेपाली सूर्यविक्रम ज्ञवाली थिए । ज्ञवालीले वि.सं. १९९३ मा ‘नेपाली साहित्यमा दुई तारा’ नामक रचना लेखे जसमा सिद्विचरणश्रेष्ठ र लक्ष्मी प्रसाद देवकोटाको नाम उल्लेख थियो । जिउँदो मान्छेको रचनाहरुको समालोचना गर्ने चलन, त्यो भन्दा अघि थिएन । देवकोटाले झ्याउरे लयमामुनामदन लेखेपछि नेपाली भाषा प्रकाशिनी समितिले उनलाई पण्डितको दर्जा दियो । साथ साथै उनले त्यसै समितिको शर्त बमोजिम दसौं दिनमा एउटा महाकाव्य(सुलोचना) लेखेर आशुकविको समेत पदवी प्राप्त गरे ।

नेपाली भाषा प्रकाशिनी समितिले देवकोटालाई ‘युगकवि’को पगरी गुथाउन नभ्याउँदै काशीबाट प्रकाशित हुने पत्रिकामार्फत इश्वर बरालले उनलाई ‘महाकवि’को पदवीदिए जुन आज सारा संसारले देवकोटालाई महाकवि भनेर चिन्ने गरेको छ । आफूले महाकविको पदवी पाएपछि उनले श्रद्वापूर्वक आफ्नो ‘युगकवि’को पदवी आफ्नासहयात्री सिद्धिचरणलाई हस्तान्तरण गरेका थिए । यसका साथै उनलाई नेपाली साहित्य परिषदवाट प्रकाशित ‘साहित्य स्रोत’ पत्रिकाले २००४ सालमा ‘विभूति’को समेतसम्मान अर्पण गरेको थियो ।

सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान अर्थात सुधपाले लेखनाथ, लक्ष्मी प्रसाद र बालकृष्ण समलाई त्रिमुर्ति घोषणा गरेका थिए ।

देवकोटाको बारेमा भारतीय सुप्रसिद्व विद्वान एवम् स्रष्टा महापण्डित डा.राहुल साकृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाइ भगवान गौतम वुद्ध पछिको सबैभन्दाठूलो मानवअवतारका रुपमा लिएको छु ।’ २०१० बैशाख २४ गते भारतीय हिन्दी साहित्यिक मासिक ‘आजकल’मा उनले लेखेको लेखमा भारतीय कविहरु जयशंङ्करप्रसाद, सूर्यकान्त त्रिपाठी निराला र सुमित्रानन्दन पन्त बराबर नेपालका लक्ष्मी प्रसाद देवकोटा एक जना हुन भनेका थिए । पछिल्ला दिनमा त डा. राहुलले देवकोटाकोवाल्मीकि र कालिदाससँग समेत तुलना गरेका थिए ।

देवकोटाको सोह्र वर्षको उमेरमा विवाह भयो । उनको इन्द्रचोक निवासी नुतनराज चाालिसेकी छोरी मनदेवी चालिसेसंँग विवाह भयो । शुरु शुरुमा उनको वैवाहिक जीवनसुखमय बिते पनि अन्तमा विविध कारणबस उनको पारिवारिक खुशीयालीमा ग्रहण लाग्न गयो । देवकोटाबाट पाँच छोरी र चार छोरा जन्मेका थिए तर अधिकांशछोराछोरी अल्पायुमै मरेका थिए । देवकोटा पत्नी मनदेवीको संगत कविप्रसाद गौतमसँग हुनु र देवकोटाको अलि लहडी स्वभावका कारण देवकोटाको घरायसी वातावरणसोचेजस्तो राम्रो भएन । LAXMI

दैनिक अठार घन्टा ट्युशन पढाउँदा र असी बिघा खेत हुँदा पनि देवकोटाले कयौं रात भोकभोकै सुत्नु पथ्दर्यौ । विभिन्न अवस्थाले गर्दा देवकोटा साच्चिकै पागलपनकोशिकार बन्न पुगे । उनलाई विभिन्न मानिसहरुको सहयोगमा १९९५ पुस २० गते भारतको राची लगेर १५५ दिन भर्ना गरेर नेपाल फर्काइयो । बालकृष्ण सम रदेवकोटाबीच ईश्वर छन् र छैनन भन्ने कुरामा प्रायः वौद्विक जुहारी चल्दथ्यो ।

उनले लहडै लहडमा बनारस हानिए र त्यहाँ दुःख पाएर उनले अनेक रोग कमाए । जहाँ उनलाई मलेरिया भयो । ‘युगवाणी’ पत्रिकाको सम्पादन गर्ने काम भएता पनित्यहाँ उनको हैसियत माग्नेको भन्दा बढी केही भएन । एक खिल्ली चुरोट पनि बाटोमा मागेर खानु पर्ने स्थिति थियो उनको ।

संसदमा हिन्दी भाषामा भाषण गर्नेका विरुद्व अंगे्रजीमा भाषण गरेर सबैलाई चुनौती दिई नेपाली भाषाको प्रतिस्थापन मात्र गरेनन उनी, उनकै शिक्षा मन्त्रीत्व कालमादेशभरका विद्यालयमा हिन्दीको साटो नेपालीमा अध्ययन अध्यापन गराउने काम समेत सुरु भयो ।

नेपाली भाषालाई राष्ट्रभाषाको रुपमा विकास गर्न उनको योगदान अतुलनीय रहेको छ । देवकोटा २०१४ साल साउन ११ गते डा.केआइ सिंहको नेतृत्वको मन्त्रिमन्डलमाशिक्षा तथा स्वायत्त शासनमन्त्री बनेका थिए । उनी ११० दिनसम्म मन्त्री रहे । DEVKOTA WITH WIFE

देवकोटा कहिले राजनीतिमा मग्न हुन्थे, कहिले साहित्यिक गोष्ठीमा त कहिले धार्मिक प्रवचनमा । अझ उनी कहिले काँगे्रसको भाषण लेख्न हिंड्थे त कहिलेकम्युनिष्टको । केही समयसम्म केआई सिहको पार्टीमा अझ सक्रिय भएर पनि हिंडे ।

उनले २०१३ सालमा हरिवंशराय बच्चनको सहयोगमा भारतको अल इन्डिया रेडियोबाट आफ्ना कविताहरु वाचन गर्ने अवसर समेत पाएका थिए । २०१४ सालमा त्रिभुवनविश्वविद्यालयको कामको शिलशिलामा भारतको लखनउ जाँदा उनलाई पेट दुख्यो र जचाउँदा अल्सर देखियो अल्सर बिगे्रर समयमा अपरेशन नगर्दा अन्तोेगत्वाक्यान्सर नै भयो र उनी धेरै थलिए र असंख्य दर्द सहेर केही वर्ष बाँचेर यस धर्तीबाट सदाका लागि बिदा भए ।

मन्त्री भइसकेपछिको पछिल्लो समयमा समेत देवकोटाले धेरै आर्थिक संकटहरु झेल्नु प¥यो । त्यसमा पनि आफ्ना सन्तानहरुको वियोगले देवकोटाको छाति छिया–छिया भएको थियो । आफ्ना सन्तानलाई एक झुम्रो लुगा किन्नको लागि समेत उनले आफन साहित्यक रचना समेत बेच्नु परेको थियो । उनलाई अल्सर हुँदै क्यान्सरसमेत भयो र नेपालको पाटनस्थित शान्त भवन अस्पतालमा उपचारार्थ भर्ना गरियो । उनलाई अस्पतालबाट मस्कोको अस्पतालमा लगेर उपचार गराउने चाँजोपाजोसमेत मिलेको थियो । तर त्यतिखेर समय निकै ढिला भइसकेको थियो, त्यहाँका डाक्टर एडगार आर मिलरले भने, ‘अब केही गर्दा पनि उहाँलाइ निको पार्न सकिन्न ।’

देवकोटाले मृत्युशैयामा बसेर पनि नेपाली र अंग्रेजी भाषामा तीनवटा कविता लेखे । उनले लेखेको अन्तिम नेपाली कविता ‘शून्यमा शून्यसरी’ र अंग्रेजीमा लेखेको‘लाइफ अफ द रिचेष्ट’ र ‘प्रमिथियन पेन आइ वियर’ हुन ।

अन्तिम समयमा उनलाई लेखनाथ पौडेल र बालकृष्ण समले धेरै साथ दिए । साँच्चै नै त्रिमूर्ती जस्ता देखिए यी तीन स्रष्टा । बालकृष्ण समले अन्तिम अवस्थामाअंग्रेजी साहित्यकार डोम मोरेलाई देवकोटासँग भेट्टाउने पूण्य काम गरे जसले अलिकति भएपनि देवकोटाको सास जान सजिलो गरायो । देवकोटा डोममोरेसँग विभिन्नबिलौना गर्दा गर्दै र उनका कविता सुन्दा सुन्दै यस संसारबाट विदा लिए । LAXMI-6

अचमम्को कुरा त के हो भने ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ भनेर कविता लेखेका देवकोटाको निधन हुनु भन्दा १६ घन्टा अगाडि मात्रै रुसको रकेट चन्द्रलोकमापुगेका थियो । यसबाट उनी कति दूरदर्शी थिए भन्ने कुरा प्रमाणित भएको थियो ।अन्तमा थुप्रै मानिसको भिडमा पशुपतिको आर्यघाटमा सबैका सामु हात जोडेर देवकोटाले यस संसारबाट बिदा लिए । डोम मोरेलगायत उपस्थित सबैले दर्दनाक स्वरमादेवकोटालाइ बिदा गरे ।

LAXMI7

देवकोटा जसरी बेलुकी यो धर्तीमा जन्मे त्यसरी नै बेलुकीको आगमनसंगै अर्थात साँझ ६ बजेर १० मिनेट जादा यस धर्तीबाट सदाका लागि बिदा भए । एउटायुगान्तकारी स्रष्टाको इहलिला त समाप्त भयो तर उनका रचना आज पनि सबैका मन मस्तिष्कमा जिवितै छन् ।

देवकोटाको चर्चित मुनामदनको गीति भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु