समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

कक्षा १२ को विज्ञान संकायको परिक्षाफल सार्वजनिक (नतिजासहित) 

काठमाडौँ ११, भदौ । उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुरले कक्षा १२ को विज्ञान संकायको परिक्षाफल शुक्रबार सार्बजनिक गरेको छ । प्रकाशित परीक्षाफल अनुसार नियमिततर्फ ३७ हजार ९ सय २८  विद्यार्थीमध्ये ७१.६५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। त्यस्तै अांशिक तर्फ परीक्षा दिएका ८ हजार ४ सय ६ विद्यार्थी मध्ये  ४४.३० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। नियमिततर्फ ५७ जनाको र आंशिकतर्फ १३ जनाको परीक्षाफल रद्द गरिएको छ ।

hseb

वैशाख १२ गतेको भूकम्पका कारण यस वर्ष १२ कक्षाको परीक्षा २ चरणमा गर्नु परेको थियो। भूकम्पले कम क्षति पुर्याएका ६८ जिल्लामा जेठ २० देखि ३१ गतेसम्म र अन्य  ७ जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गरिएको थियो। परीक्षा २ चरणमामा गरिए पनि परीक्षाफल भने एकैचोटी प्रकाशित भएको हो ।

नतिजा हेर्ने तरिका 

HSEB<space>Symbol-No टाइप गरी ५००१ मा पठाउने ।उदाहरण: Hseb 1234567A  टाइप गरी ५००१ मा पठाउने ।

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु