समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

गल्फको रिटेलर तथा मेकानिक्स मिट 

काठमाडौँ, ११ भदौ । गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक बितरक अटो एभ प्रालिको आयोजनामा राजधानीमा रिटेलर तथा मेकानिक्स मिट कार्यक्रम सम्पन्न भएको छ । उक्त रिटेलर तथा मेकानिक्स मिटमा दुई तथा चार पांग्रे सवारी साधनका मेकानिक्सहरु सहभागी थिए ।

gulf

अटो एभका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी प्रमुख अतिथि र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने अतिथि रहेका थिए । उक्त अवसरमा महासंघका अध्यक्ष दिनेश भण्डारीले बजारमा धेरै कम्पनीका लुब्रिकेन्ट्स भएको स्मरण गर्दै गल्फ लुब्रिकेन्ट्सले फरक पहिचान कायम गरेकोे बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव न्यौपानेले मेकानिक्सहरुका लागि गरिएका यस प्रकारका कार्यक्रमले उनीहरुलाई लुब्रिकेन्ट्सका विभिन्न प्रविधिको वारेमा जानकारी प्राप्त हुने बताए । नेपाल ल्युब आयल लिमिटेडका डिजिएम गंगाराज भट्टराईले गल्फले गुणस्तरमा कुनै सम्झौता नगरेको जानकारी दिदै गल्फ वातावरणका लागि समेत सचेत भएकाले लामो समय सम्म टिक्ने लुब्रिकेन्ट्सको विकास गरेको बताए ।

उक्त अवसरमा नेपाल ल्युव आयल लिमिटेडका बजार प्रबन्धक ऋतुक सलभले गल्फ लुब्रिकेन्ट्स तथा मेकानिक्सहरुलाई प्रदान गरिने विभिन्न स्किमको वारेमा जानकारी प्रदान गरेका थिए । कार्यक्रममा अटो एभका सल्लाहकार सुदर्शन सिग्देल र नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनका पूर्व उपाध्यक्ष रामप्रसाद क“डेलले समेत आफ्नो धारणा राखेका थिए ।

कम्पनीले आ. व. ०७१÷७२ को स्किमबाट धेरै लुब्रिकेन्ट्स वितरण गर्ने रिटेलरहरुलाई टिभिएस अपाचे मोटरसाइकल एवं ल्यापटप र टिभी लगायतका पुरस्कार वितरण गरेको थियो । आगामी आ. व. ०७२÷७३ का लागि पनि विभिन्न स्किमको व्यवस्था गरिएको छ ।

उक्त अवसरमा गल्फको नया“ उत्पादन सुपर ट्याक्सी आयललाई यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले सार्वजनिक गरे । नेपालमा हाल चलिरहेका ट्याक्सीहरुका लागि लक्ष्यित गरी ल्याइएको उक्त लुब्रिकेन्ट्स १, ३ र ४ लिटरको प्याकमा उपलब्ध छ । सुपर ट्याक्सी आयल २०डब्ल्यु५० ग्रेडमा उपलब्ध छ । गल्फले नेपालमा आगामी दिनमा प्रयोगमा आउन थालेका अन्य ट्याक्सीहरुका लागि समेत ५डब्ल्यु३० ग्रेडका १, ३ र ५ लिटर प्याक साइजमा लुब्रिकेन्ट्स ल्याइसकेको बताएको छ । गल्फले नेपालमा प्रयोग हुने उच्चदेखि निम्न रेन्जसम्मका लुब्रिकेन्ट्स उपलब्ध गराउदै आएको बताएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु