समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

‘ढुक्क हुनुस्, सुमेरूले ढांट्दैन’ 

bharat maharjan 2भरत महर्जन
अध्यक्ष, सुमेरू सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ

गलत नियत राखेर कमाउनेतिर अग्रसर एकाध सहकारीका कारण धेरै सहकारीलाई मर्का पर्दे आइरहेको छ । निक्षेपकर्ताहरूको विश्वासलाई कुल्चेर उनीहरूको रकमलाई रातारात कुम्ल्याएर भाग्ने सहकारीहरूको समाचारले राम्रा उद्देश्य र लक्ष्य राख्ने सहकारीसमेत प्रभावित हुने गरेका छन् । ललितपुरको पुल्चोकस्थित सुमेरू सेभिङ एण्ड क्रेडिटले हजारौं सदस्यहरूको विश्वास जित्दै आइरहेको सुमेरूका अध्यक्ष भरत महर्जनले बताए । अध्यक्ष महर्जनले सदस्यहरूको आर्थिक पक्षलाई मात्र नहेरेर स्वास्थ्यलाई समेत उत्कृष्ट सेवा पु¥याउन सुमेरू सक्रिय रहंदै आइरहेको धारणा राखे । सहकारी क्षेत्रमा बढ्दै गइरहेको अविश्वासमा सुमेरूले कस्तो दिंदै आइरहेको छ भन्ने विषयमा केन्द्रीत रहेर अध्यक्ष महर्जनसंग अनलाईन पत्रिकाले गरेको सहकारी संवादको सम्पादित अंश ।

एकाध सहकारीहरूको बदमासीका कारण राम्रा सहकारीलाई समेत असर पर्दै गएको छ । सहकारीले गलत तरिकाले जथाभावी योजनामा लगानी गर्नु ठिक होइन । कुनैपनि संस्थाको व्यवस्थापनबाट हुने गलत निर्णयले रकम डुब्ने सम्भावना प्रबल हुन्छ ।

– सुमेरूबारे भनिदिनुस् न ?   

सुमेरू सेभिङ एण्ड क्रेडिट विधिवत् रूपमा दर्ता भएर चलेको सहकारी हो । सहकारीको नियम र कानुनलाई पालना गर्दै यो सहकारी चल्दै आइरहेको छ । सुमेरू सेभिङको सेवाले निक्षेपकर्ता र सदस्यहरू सन्तुष्ट छन् । हामीले सदस्यहरूको हकहितमा ध्यानमा राखेर सहजतरिकाले व्यक्तिगत र व्यवसायिक कर्जा उपलब्ध गराउँदै आइरहेका छौं ।

– सुमेरू सेभिङको उद्देश्य ?

मैले अध्यक्षको हैसियतले भनिसके । सुमेरूको मूल उद्देश्य र लक्ष्य भन्नु नै सदस्यहरूलाई सहज ढंगले आर्थिक समस्या पर्दा सहयोग र सेवा पु¥याउनु हो ।

– हिजोआज सहकारीप्रति विश्वास घट्दै गएको हो ?

एकदम सही हो । एकाध सहकारीहरूको बदमासीका कारण राम्रा सहकारीलाई समेत असर पर्दै गएको छ । जसले जे भनेपनि सहकारीले गलत तरिकाले जथाभावी योजनामा लगानी गर्नु ठिक हुँदै होइन । कुनैपनि संस्थाको व्यवस्थापनबाट यस्तो निर्णय भयो भने निक्षेपकर्ताको रकम डुब्ने सम्भावन प्रबल हुन्छ । सदस्यहरूले चाहेको बखतमा रकम फिर्ता दिन सकिएन भने संस्थाको आर्थिक स्वास्थ्य बिग्रिदै जान्छ ।
यसबाट संस्थालाई सही रूपमा संचालन गर्न सकिँदैन । समस्या देखिन्छ र त्यसपछि सहकारीहरू भाग्छन् । तर सुमेरूको हकमा भन्ने हो भने हाम्रो योजना दीर्घकालीन सफलतासँग जोडिएको छ । हाम्रो व्यवस्थापनले सुमेरूको लक्ष्यलाई उज्यालो देखेर सुमेरू अस्पतालसमेत प्रारम्भ गरेको हो ।
– सुमेरूलाई सदस्यले विश्वास गर्ने आधार के त ?

एकदम राम्रो प्रश्न गर्नुभयो । म धापाखेलको स्थानीय मान्छे । स्थानीय सक्रियतामा सहकारी स्थापना गरेको हुँ । सुमेरूको प्रारम्भ समयदेखि नै सदस्यहरू हामीबाट सन्तुष्ट बनेका छन् । सदस्यहरूको चाहनालाई मध्यनजर गर्दै दैनिक चौबिसै घण्टाको आर्थिक कारोबारसमेतको तयारी भएको छ । मोबाइल आर्थिक कारोबार भनेर हाम्रा निक्षेपकर्तालाई चाहिएको बेला रकम उपलब्ध गराउने सेवासमेत दिएका छौं । हामीसँग बाहिर खुल्ला र पारदर्शी कारोबार हुने भएको हुनाले यही नै सदस्यहरूको लागि विश्वासिलो आधार हो जस्तो लाग्छ ।
– सुमेरू सहकारी किन राम्रो ?

सहकारी क्षेत्रमा हाम्रो कारोबार पारदर्शी छ । निक्षेपकर्ताका लागि भनेर सम्पूर्ण सेवाहरू समर्पित गरेका छौं । सहकारीका सदस्यहरूको स्वास्थ्यलाई ध्यान राख्दै अस्पताल र सिटी अस्पतालको सेवासमेत तयार राखेका छौं । आर्थिक स्वास्थ्यको मात्रै भर नपरेर हामीलाई माया गर्ने सदस्यहरूको लागि सस्तोमा स्वास्थ्य सेवापनि उपलब्ध गराउँदै आएका छौं । सम्भवत, सहकारीसँग जोडिएका व्यवस्थापनबाट संचालित बृहत स्वास्थ्यसेवा हाम्रै मात्र हुनुपर्छ ।

– भनेपछि सुमेरूलाई कुनै शंका नगर्दा हुन्छ ?

एकदम हो । घर–घरमा भकारी भन्दै बढी व्याज र उपहारको लोभ देखाएर निक्षेप बटुल्दै आएका सहकारीसँग भने निक्षेपकर्ताहरू सचेत हुनुपर्छ जस्तो लाग्छ । ती सहकारीहरू कुनैपनि बेला ‘फरार’ हुनसक्छन् । निक्षेप जम्मा गरिएका सहकारी रातारात भाग्नु अगावै आवश्यक कुरा बुझ्नु नै यसको पाठ हो । सहकारी सञ्चालन गर्दै आएका सबैका एउटै उद्देश्य र लक्ष्य हुँदैन । सुमेरूको लक्ष्य सफा छ । सदस्यहरूको विश्वासलाई हामी घट्न दिन्नौं ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु