काठमाडौँ ५ भदौ । मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओबादीले ७ प्रदेशमा सहमति जुटाएका छन् । ६ प्रदेशमा चर्को बिरोध भएपछि बिभिन्न जिल्लाहरु टुक्राएर ७ प्रदेशमा सहमति जुटाएका हुन् । यसमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले असहमति जनाएका छन् ।new nepal map 7

एक नम्बर प्रदेशमा ओखलढुंगाका पुर्वका पहाडी सवै र तराईका मोरङ, सुनसरी, झापासहित १४ जिल्ला छन् । दुई नम्बर प्रदेशमा सप्तरीदेखी पर्सासम्मका तराईका आठ जिल्ला छन् । तीन नम्बर प्रदेशमा चितवनसहित काठमाडौं आसपासका १४ जिल्ला छन् । चौथो प्रदेशमा गोरखादेखी पश्चिम म्याग्दी सम्मका ९ जिल्ला र बाग्लुङको पूर्वको केही भाग छ । नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग पनि यो प्रदेशमा छ ।

पांचौं प्रदेशमा नवलपरासी दाउन्ने पूर्वको भागदेखि बर्दियासम्मका तराईका जिल्ला र रुकुमको पूर्वी भागसहित १२ जिल्ला छन् । छैटौं प्रदेशमा रुकुमको पश्चिम भागसहित सल्यानदेखी हुम्ला सम्मका हिमाली र पाहाडी गरी १० जिल्ला छन् । सातौं प्रदेशमा तराईका कैलाली कंचनपुरसहित सुदुरपश्चिमका ९ जिल्ला छन् ।

यसअघि नवलपरासी, रुकुम, बाग्लुङ टुक्राएर प्रदेशको सीमांकन गरिएको थियो । अघिल्लो सहमति अनुसार एक नम्बर प्रदेशमा मेची र कोसीका सबै जिल्ला तथा सगरमाथाका पहाडि जिल्ला जोडिएको थियो । जसमा १३ जिल्ला समेटिएका थिए । दोस्रो प्रदेशमा कुनै पनि पहाडी क्षेत्र नजोडिकन सप्तरीदेखि पर्सासम्मको भूभाग थियो । जसमा आठवटा जिल्ला थिए । त्यसैगरी तीन नम्बर प्रदेशमा जनकपुर अञ्चलका पहाडि जिल्ला, बागमती अञ्चल र नारायणीका मकवानपुर र चितवन रहेका थिए । यो प्रदेशमा १३ वटा जिल्ला समेटिएको थियो ।

प्रदेश चारमा गण्डकी अञ्चल, बाग्लुङको पश्चिमीभाग बाहेक धौलागिरी अञ्चल, लुम्बिनीको नवलपरासी जिल्लाको पूर्वी भाग गरी १० जिल्ला समेटिएको थियो । प्रदेश ५ मा नवलपरासीको दाउन्ने पश्चिमको सबै लुम्बिनी, राप्तीमा सल्यानबाहेकका सबै जिल्ला र बाग्लुङको पश्चिम क्षेत्र गरि १३ जिल्लाहरु समावेस थियो ।

यो सिमांकनबिरुद्ध कर्णाली, जुम्ला, सुर्खेत, नवलपरासी, कैलाली, कन्चनपुर, रोल्पालगायतका जिल्लाहरुमा आन्दोलन चर्केको  थियो । संघर्षका क्रममा सुर्खेतमा ४ जना, नवलपरासीमा एक जना र सप्तरीमा एक जनाको मृत्यु भएको थियो । ६ प्रदेशीय सहमतिको बिरोध गर्दै आन्दोलनमा होमिएको तराईका जिल्लाहरु पछिल्लो सहमतिबिरुद्ध थप आक्रोशित भएका छन् । पछिल्लो सहमतिमा आपत्ती जनाएर बहिस्कार गरेका मधेसी जन अधिकार लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदारले पनि आन्दोलन चर्काउने चेतावनी दिएका छन्  ।

कुन जिल्ला कुन प्रदेशमा ?

प्रदेश १

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा

प्रदेश २

ठोरी गाविसबाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी

प्रदेश ३

पर्साको ठोरी, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली

प्रदेश ४

नवलपरासीको दाउन्ने पूर्व, बागलुङको पूर्वी क्षेत्र, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत

प्रदेश ५

नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको पश्चिम क्षेत्र, दाङ, प्युठान, रोल्पा, रुकुमको रुकुमकोट पूर्व, बाँके र बर्दिया

प्रदेश ६ 

डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, रुकुमको रुकुमकोट पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत

प्रदेश ७ 

बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।