समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

नेप्से: ७ बर्ष यताकै ऐतिहासिक रेकर्ड 

काठमाडौँ २, भदौ ।  नेप्से परिसूचक सात वर्ष अघिको  पुरानो रेकर्ड तोड्दै अल टाइम हाइ बिन्दुमा पुगेको छ  । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत कम्पनीहरुको औषत मूल्यले सात बर्ष अघि (१५ भदौ , २०६५ मा) बनेको ११७५ अंकको रेकर्ड तोडेको हो । १२ बजे बजार खुलेपछि परिसूचक क्रमश बढ्दै गएर १:३८ बजे नयाँ रेकर्ड बनेको हो । ११७५ अंक नाघेपछि पनि बुधबार सेयर बजार बढ्ने क्रम रोकिएन । त्यसैले पुरानो रेकर्ड तोड्नुसँगै नेप्सेले ११९१.९२ अकंको नयाँ रेकर्ड समेत बनायो  । nepse

आज बुधबार १ सय ३९ कम्पनीको ४ हजार ४ सय ९७ व्यापारबाट १२ लाख २३ हजार १६ कित्ता शेयर किनबेच भएको छ । यसबाट रू. ६६ करोड ७७ लाख बराबरको रकम कारोबार भयो ।

यो दिन ग्लोबल आईएमई बैङ्कको रू.४ करोड ५७ लाख बराबरको शेयर किनबेच भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र आरियण्टल होटेलको शेयरमूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, माउण्ट मकालु डेभलपमेण्ट बैङ्कको शेयरमूल्य ९ दशमलव ८५ प्रतिशतले घटेको छ । होटेल समूहको परिसूचक ८ दशमलव ६७ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक ५ दशमलव ४१ प्रतिशत, बैङ्किङको २ दशलमव ९६ प्रतिशत र वीमाको २ दशमलव १४ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ३९ प्रतिशत, वित्त कम्पनीको १ दशमलव ३२ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ९८ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव २७ प्रतिशतले बढेको छ ।

साताको चौथो दिन सबै समुहका उपसूचक पनि हरिया रहे । सबैभन्दा धेरै होटल उपसूचक आठ दशमलव ६७ प्रतिशतले बढेको छ । त्यसपछि अन्य कम्पनी उपसूचक पाँच दशमलव ४१ प्रतिशत, बैंकिङ उपसूचक दुई दशमलव ९६ प्रतिशत र बीमा उपसूचक दुई दशमलव १४ प्रतिशतले बृद्धि भएको छ । बुधबार सर्वाधिक कमाउनेको पहिलो सूचीमा हिमालयन जनरल इन्स्योरेन्स र दोस्रोमा ओरियन्टल होटल्स लिमिटेड छन् । यहि कारण यी उपसूचकमा उत्साहजनक बृद्धि भएका हुन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु