बास्तुशास्त्र अनुसार यस्ता फोटोहरु घरमा झुन्ड्याउनु हुदैन

loading...

कतिपयलाई बिश्वास लाग्ला त कतिलाई बिश्वास नलाग्ला तर बास्तुशास्त्र अनुसार यस्ता फोटोहरु घरको कोठामा राख्नु हुदैन । उसले गृहकलह हुनुका साथै परिवारको सदस्यहरूमा मानसिक असर पार्छ ।

युद्धको तस्विर

mahabharat

कुनै पनि खाले युद्धको तस्विरले हाम्रो सोच पनि आक्रामक बनाउँछ । युद्धको तस्विर दैनिक देख्दा हाम्रो स्वभाव पनि आक्रामक नै हुने गर्छ । घर-परिवारमा विवाद हुने सम्भावना पनि बढ्छ । महाभारत युद्ध पारिवारिक युद्ध पारिवारिक तनावका कारण भएको थियो । यसकारण महाभारत युद्धसँग जोडिएका तस्विर राख्नबाट बच्नुपर्छ ।

डुब्न लागेको डुङ्गा

dunga

धेरै मानिसले समुन्द्र या नदीमा डुब्न लागेको डुङ्गाको तस्विर भित्तामा झुण्ड्याउने गर्छन्, जुन वास्तुका अनुसार अशुभ मानिन्छ । घरमा दैनिक रूपमा यस्तो तस्विर हेर्नाले हाम्रो सोचमा असर पार्छ । यस्ता तस्विरले भाग्य सम्बन्धी बाधा बढाउँछ भन्ने मान्यता रहेको छ । घर-परिवारमा तनाव बढ्छ र वास्तु दोष उत्पन्न हुन्छ ।

ह्रिंसक जनावर

tiger

घरमा कुनै पनि ह्रिंसक जनावरको तस्विर राख्नु राम्रो हुँदैन । ह्रिंसक जनावरहरूको तस्विर दैनिक देख्नाले हाम्रो स्वभाव पनि उग्र हुन सक्छ । घरमा अशान्ति बढ्न सक्छ ।

फोहोराको पानी

jharana

झरना waa  फोहोराको पानीसहितको सुन्दर दृश्यहरू निकै आकर्षक र सुन्दर हुने गर्छ । यसकारण हामी धेरैले यस्ता तस्विर घरमा राख्ने गर्छौ । तर, यस्ता तस्विर पनि घरमा नराख्नु नै राम्रो हुन्छ । वास्तुमा पानी जुन हिसाबले बहन्छ, ठिक त्यसरी यस तस्विरको प्रभाव हाम्रो पैसा पनि व्यर्थ खर्च हुन सक्छ । यसकारण घरमा यस्ता तस्विर नराख्नु राम्रो हुन्छ ।

यो पनि

तपाईंको प्रतिकृया
Loading...