समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

काञ्जीरोवामा सन्देशमूलक भित्तेपत्रिका 

काठमाडौं, १९ साउन । कोटेश्वरस्थित काञ्जीरोवा नेसनल स्कुलले भित्तेपत्रिका प्रकाशन गरेको छ । नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित, विज्ञान, स्वास्थ्य, खेलकुद र सूचनाप्रविधिसम्बन्धी विभिन्न सामग्रीहरू समावेश भएका चारओटा भित्तेपत्रिकाहरू एकैचोटि प्रकाशित गरिएका हुन् ।

vitte

भित्तेपत्रिकामा व्यक्तित्व परिचय, पुस्तक चर्चा, गणितका प्रायोगिक समस्या, बालहिंसा, महिलाहिंसा, विभिन्न वैज्ञानिक आविष्कार, सूचनाप्रविधिसम्बन्धी विभिन्न जानकारीलगातयका सामग्री समाविष्ट छन् । विद्यालयमा भएका पहेँलो, हरियो, रातो र नीलो सदनका विद्यार्थीहरूका बीचमा प्रतियोगितात्मक भित्तेपत्रिका प्रकाशन गरिएको काञ्जीरोवाका अङ्ग्रेजी विभाग प्रमुख श्रीराम सिलवालले बताए ।

‘विद्यार्थीहरूलाई अवसर दिने हो भने धेरै सिर्जनात्मक कार्यहरू गर्न सक्छन् भन्ने कुराको राम्रो उदाहरण विद्यालयमा प्रकाशित भित्तेपत्रिका हो ।’ प्रधानाध्यापक महेन्द्र खनालले भने । विद्यार्थीहरूले एक हप्ता लगाएर सामग्री सङ्कलन, सम्पादन र साजसज्जा गरेका थिए । प्रतियोगितामा पहेँलो, नीलो र रातो सदनले संयुक्त रूपमा उत्कृष्ट पुरस्कार हासिल गरे । विजयी सदनलाई विद्यालयका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले पुरस्कारस्वरूप पदक प्रदान गरे ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु