समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

आज पनि ओरालाे लाग्यो शेयर बजार 

jkkjakjkjfश्रावण १८,काठमाडौं । गत साता देखि निरन्तर ओरालो लागेको शेयर बजार आज पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७४ अंकले तल झरेको हो  । नेप्सेमा सोमवार ७० करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । आज बजारमा १ सय ३३ कम्पनीको १३ लाख ४६ हजार कित्ता शेयरर किनबेच भएको हो  ।

शेयर बजारको कारोवार रकम उल्लेख्य रहे पनि अंकमा भने गिरावट आएको हो  । १ हजार ३० अंकमा कायम भएको नेप्से परिसूचकका बिमा बाहेक सबै उपसमूहमा गिरावट आएको हो  । होटल समुहमा २१ तथा बैकिङ उपसमूहमा  ५ अंकले झरेता पनि बिमा र  हाइड्रोपावरमा भने क्रमश ३.२८ र  १०.५२ को अंकले बृद्धि भएको छ ।

यसमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर किनबेचबाट सबैभन्दा बढि अर्थात २ करोड ६९ लाख रुपैयाँको कारोवार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४९ लाख तथा एभरेष्ट बैंकको २ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।

इन्फ्राष्टक्चर डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत बढी तथा टुरिजम डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशत बढी शेयर नाफा कमाए । नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले भने उच्च शेयर नाफा गुमाएका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु