यी हुन् सम्बन्धन खारेज भएका ३९ कलेज (सूचीसहित)

loading...

काठमाडौँ १८ साउन । उच्च माध्यमिक शिक्षा परिषदले काठमाडौँका ५ सहित देशभरका ३९ उच्च माविको सम्बन्धन खारेज गरेको छ । सोमबार सूचना प्रकाशन गरेर परिषदले ती उच्च माविहरुको सम्बन्धन खारेज गरेको हो ।

यो सूचीमा केही नाम चलेका उच्च माविहरु समेत परेका छन् । काठमाडौंको बत्तीसपुतलीमा रहेको श्री सत्य साई शिक्षा सदन, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, बुढानिलकण्ठ आश्रम उच्च मावि, रिलायन्स रेजिडेन्सिय स्कुल पुरानो बानेश्वरको सम्बन्ध  खारेज भएको छ ।

सर्वाधिक सम्बन्ध गुमाउनेमा ललितपुरका ८ उच्च मावि परेका छन् । यसैगरी मोरङका ५ उच्च माविले पनि आफ्नो सम्बन्धन गुमाएका छन् । काठमाडौंका ५, इलामको एक उच्च माविले सम्बन्ध गुमाएको छ भने झापाका २ उच्च माविको सम्बन्ध खारेज भएको छ । उदयपुर १, धनुषा १, दोलखा १, काभ्रे १, भक्तपुर १, मकवानपुर २, लमजुङ १, तनहुँ २, नवलपरासी २, रुपन्देही १ र प्युठान १ उच्च माविको सम्बन्ध खारेज भएको छ ।

यसैगरी, रुकुम, बर्दिया, सुर्खेत र कन्चनपुरका १/१ उच्च माविको सम्बन्ध पनि परिषदले खारेज भएको छ ।

हेर्नुहोस् सम्बन्ध खारेज हुने उच्च माबिहरुको सूची 

hsebhseb1hseb2

तपाईंको प्रतिकृया
Loading...