समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

‘यती साहित्य पुरस्कार’ न्यौपानेलाई 

काठमाडौं, १० साउन । यती डेभलपमेन्ट बैंकको ‘यती साहित्य पुरस्कार’ सिन्धुपाल्चोकका महाकाव्यकार चन्द्र प्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । यती बैंकका संचालक अरुणराज सुमार्गी तथा गजलकार युसुफदिन मिया “पाल्पाली” ले ताम्रपत्रसहित पन्ध्र हजार एक रुपैया राशीको पुरस्कार न्यौपानेलाई प्रदान गर्नु भएको हो । yati bank

भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पु¥याउने उद्देश्यले तत्कालीन यती फाइनान्सले वि.सं. २०५९ सालमा “यती साहित्य पुरस्कार” को स्थापना गरेको थियो । २०७० सालमा मनकामना बिकास बैंक, यती फाइनान्स र भ्याली फाइनान्सबीच मर्ज भई बनेको यती डेभलपमेन्ट बैंकले पनि उक्त साहित्यीक पुरस्कारलाई निरन्तरता दिंदै आईरहेको छ ।

बैंकका संचालक अरुणराज सुमार्गीले नाफामुखी मात्र नभई बिभिन्न सामाजिक सेवाका कार्यहरुमा सहभागी हुंदै आईरहेको भविष्यमा पनि यस्ता विभिन्न सामाजीक कार्यहरुलाई विषेश प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु