समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

निमावि लाईसेन्सको नतिजा प्रकाशित (नतिजा सहित) 

tscकाठमाडौँ , १ श्रावण।  शिक्षक सेवा आयोगले गत फागुन १७ गते  लिईएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा सार्वजनिक गरेको  छ ।  
परीक्षामा सम्मिलित ९० हजार २३ जना परीक्षार्थी मध्ये २८ हजार २ सय ९२ जना उत्तीर्ण भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । जुन  ३१ दशमलव ४३ प्रतिशत हो । ७ सय १९ जनाको परीक्षा भने रद्ध भएको छ । 

मुस्ताङ्बाट परीक्षामा सहभागी २२ जना मध्ये १ जना पनि उत्तीर्ण नभएको मरहठ्ठाले जानकारी दिए । हाल सम्म करीब ६ लाख जनाले अनुमतिपत्र प्राप्त गरेको आयोगले जनाएको छ ।

नतिजा आयोगको वेभसाईट http://www.tsc.gov.np/site/results बाट थाह पाउन सकिन्छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु