समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

अटोमोबाइल अध्ययन गर्ने हो ? 

मेक्सिको उत्तम गन्तब्य

असार २०, काठमाडौँ । मेक्सिकोमा अटोमोबाइल तथा अन्य विभिन्न विषयमा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउने सम्बन्धमा एक जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको छ । इन्टेग्रल एजुकेसन कन्सल्टेन्सी र मेक्सिकोको प्रतिष्ठित शैक्षिक गन्तव्य सेद्पाको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो । विश्वको अर्थतन्त्रमा पनि सबल मानिने मेक्सिकोमा विभिन्न व्यावसायिक विषयहरुको पठनपाठन पनि हुन्छ । अमेरिकाका बिद्यार्थीहरु समेत मेक्सिकोमा अध्ययनका लागि जान्छन् । विशेष गरी अटोमोबाइल क्षेत्रमा मेक्सिकोमा पढ्न चाहनेहरु बढिरहेका छन् ।

ekraj

मेक्सिकोमा रहेका प्लान्टहरुमा पुगेर प्रत्यक्ष रुपमा व्यावहारिक अध्ययन गर्न पाइने भएकाले विदेशी बिद्यार्थीहरु मेक्सिको जान रुचाउछन् । यसका लागि एक बर्षे कोर्सको अध्ययन गर्न सकिन्छ । होन्डादेखि लिएर जनरल मोटर्ससम्मका प्लान्टमा पुगेर एउटा दक्ष मेकानिक्स बन्नका लागि एक बर्षे कोर्स प्रभावकारी हुनसक्छ । यही कुरालाई दृष्टिगत गरी इन्टेग्रल एजुकेसनल कन्सल्टेन्सीले नेपाली बिद्यार्थीहरुलाई मेक्सिकोमा अध्ययनका लागि पठाउने कार्यका लागि गृहकार्य गरिरहेको छ ।

मेक्सिकोको प्रतिष्ठित शैक्षिक गन्तव्य सेद्पामा अध्ययनका लागि जान सकिन्छ । सेद्पाको पुरा रुप सेन्टर अफ एजुकेसन अफ अटोमोबाइल मेकानिक्स हुन्छ । यो एउटा पोलिटेक्निक कलेज हो । प्लस टु उत्तिर्ण गरेका जसले पनि यहा“ अध्ययनका लागि आवेदन दिन सक्छन् । एक बर्षे कोर्सका लागि लगभग १५ हजार डलरमा अध्ययन पुरा गर्न सकिन्छ । हप्तामा ५ दिन पढाइ हुने सेद्पामा प्रत्येक दिन ६ घण्टा पढाइ हुन्छ । ती मध्ये २ वटा सैद्धान्तिक र ३ वटा प्रयोगात्मक कक्षा हुन्छ ।

४ सेमेष्टरमा पुरा हुने यो कोर्सको बीचमा पनि विभिन्न देशका लागि ‘जब इन्टरभ्यु’ को समेत व्यवस्था हुने इन्टेग्रल एजुकेसन कन्सल्टेन्सीका शैलेन्द्र चापागाई बताउछन् । मेक्सिकोमा राष्ट्रिय भाषाको रुमपा स्पेनिस बोलिन्छ । त्यसैले विद्यार्थीहरुलाई शुरुमा स्पेनिस भाषाको आधारभूत ज्ञान उपलब्ध गराइन्छ । तर पढाइ सबै अंग्रेजी भाषामै हुने भएकाले सजिलो हुन्छ । मेक्सिको विदेशीहरुका लागि पनि सुरक्ष्ँित देश हो । यद्यपि अमेरिकास“ग जोडिएका कुनै स्थानमा लागु पदार्थको कारोबारका कारण अलि असुरक्षित मानिन्छ । तर पनि धेरै कलेज भएका स्थानमा यो समस्या छैन । मेक्सिकोको हावापानी पनि नेपालकै जस्तो सुहाउदो छ । यसका कारण पनि नेपाली बिद्यार्थीका लागि यो एउटा उपयुक्त गन्तव्य बन्न सक्छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु