यातायात कार्यालय २ कर्मचारी पक्राउ

loading...

असार १५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले सेवाग्राहीबाट घुस लिएको आरोपमा गण्डकी यातायात कार्यालय, पोखराका लेखा–अधिकृत र लेखापाललाई आज नियन्त्रणमा लिएको छ । लेखा–अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल हरि शर्मा अधिकारी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट सेवाग्राहीले दिएको १० हजार रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...