समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

सीटीइभीटीको प्रवेश परीक्षा खुल्यो 

हेर्नुहोस् फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु

असार १५, काठमाडौं ।एसएलसी उतिर्ण विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट शैक्षिक सत्र २०७२/७३ को लागि सन्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका बिभिन्न शैक्षिक कार्यक्रममा वर्गिकृत निशुल्क छात्रवृतिको लागि आवेदन फारम माग गरिएको छ । आवेदन फारमहरु सिटीइभीटीका आंगिक कलेज र सम्वन्धन प्राप्त कलेजमा उपलव्ध हुने कुरा सुचनामा जनाइएको छ ।

आवेदन फारम यहि असार १५ गते देखी श्रावण ४ गतेसम्म भर्न सकिन्छ । परिषदबाट प्रदान गरिने छात्रवृतिहरुमा स्वास्थ्यतर्फ नर्सिङ,सामान्य चिकीत्सा हेल्थ ल्याव लगायतका दश वटा कार्यक्रम ,इन्जितियरिङ्ग तर्फ सिभील,कम्युटर , इलेक्ट्रोनिक्स लगायतका दशवटा कार्यक्रम र बन कृषि टुरिजम एन्ड हस्पिटालीटी तर्फ जम्मा ४ वटा कार्यक्रमहरु रहेका छन् ।

एसएलसीमा दुई बिषय लागेका विद्यार्थीले समेत प्रवेश परीक्षापछि पुरकबाट एसएलसी पास नभएमा परीक्षा स्वत रद्ध हुने शर्तमा कवुलियतनामा गरि फारम भर्न सक्दछन् । वर्गीकृत छात्रबृति प्रत्येक कलेजमा ३० कोटा भएकोमा २ जनाको र ४० कोटा भएको कलेजमा ३ जनाको रहनेछ । यस पटकबाट सिटीइभीटीले अनलाइन फर्मको समेत व्यवस्थापन गरेको छ तर, पनि विद्यार्थीहरुले भने मेनुअलमै भर्नु पर्ने र यसरी भरिएको फारमहरुलाई सम्वन्धित कलेजले नै भर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

आवेदन फारम सम्बन्धी पूर्ण हेर्नुहोस

ctevt 1 (1)

ctevt 2

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु