समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

नर्सिङ् पढ्ने हो ? भर्ना खुल्यो 

असार १४, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल नर्सिङ क्याम्पसमा  शैक्षिक वर्ष २०७२/०७३ का लागि प्रमाणपत्र तह नर्सिङमा भर्ना खुलेको छ । भर्नाका लागि असार १७ गतेदेखि फाराम वितरण गर्ने बताइएको छ ।

bir hospital

४० सिटका लागि गरिएको सूचनामा साउन ११ भित्र फाराम भरिसक्नुपर्ने उल्लेख छ । साउन १९ देखि २२ गतेसम्म प्रवेश पत्र वितरण गरिने र परीक्षा मिति प्रवेश पत्रमै उल्लेख हुने बताइएको छ । सम्पूर्ण सिट मध्ये दुर्गमका लागि ४ सिट, वीरमा कार्यरत अनमीका लागि २ सिट र वीरमै कार्यरत कर्मचारीका छोरीहरुका लागि २ सिट आरक्षण गरिएको छ ।

वीरमा नर्सिङ पढ्न एसएलसीमा कम्तिमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्ने जनाएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु