समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

एसएलसी उत्तीर्णलाई सम्मान 

असार १४, काठमाडौँ । राजधानीको कोटेश्वरस्थित काञ्जीरोवा नेसनल स्कुलले शैक्षिक सत्र २०७१ मा प्रवेशिका परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको प्रथम चरणमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गरी आफ्ना अग्रज दाजुदिदीहरूप्रति सम्मान प्रकट गरे ।

kanjirowa

कार्यक्रममा मनीषी थापा, दिया श्रेष्ठललगायतले मन्तव्य व्यक्त गरेका थिए भने प्रवेशिका उत्तीर्णहरूको सम्मानमा केही मनोरञ्जनात्मक प्रस्तुति पनि राखिएको थियो । त्यस्तै दोस्रो चरणअन्तर्गत एक विशेष कार्यक्रमका बीच विद्यालयका कार्यकारी निर्देशक कपिलदेव रेग्मी, प्रधानाध्यापक महेन्द्र खनाल, सहप्रधानाध्यापक पुष्प रेग्मी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले संयुक्त रूपमा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रममा विद्यालयका नेपाली शिक्षक कमल कोइरालाले प्रवेशिका उत्तीर्ण विद्यार्थीप्रति काव्यिक सम्मान मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित हुने विद्यार्थीका तर्फबाट मन्तव्य व्यक्त गर्दै रोचक ढकाल र मानुषी ढकालले आफूहरूले पाएको सफलताप्रति प्रसन्नता व्यक्त गरे । काञ्जीरोवा नेसनल स्कुलबाट प्रवेशिकामा सहभागी ५५ विद्यार्थीमध्ये २४ जना विशिष्ट श्रेणी तथा ३१ जनाले प्रथम श्रेणी हासिल गरेका थिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु