समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

‘…यसकारण डुब्दैछन् सहकारी’ 

loading...

भव्यतापूर्वक ललितपुर सहकारी महोत्सव २०१२ सम्पन्न भयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले महोत्सव संयोजन गरेको थियो । संघका अध्यक्ष रामशरण घिमिरेसंग सहकारी सेरोफेरोमा रहेर अनलाईन पत्रिकाका सहकारी संयोजक विश्व बुढाथोकीले गरेको सम्वादको सारसंक्षेप ।

१. सहकारी क्षेत्रमा किन यस्तो डरलाग्दो अनियमितता देखिएको ?
– सहकारी एउटा आवश्यकतामा खोलिनुपर्ने हिस्सा हो । पछिल्लो समयमा देखासिकी र होडबाजीको आधारमा सहकारी खोलिएका छन् । निक्षेपकर्ताहरूबाट संकलित रकम सही ढंगबाट सदुपयोग भएको देखिएन । ठूला लगानीका नाममा संस्थाको कर्जा निति अन्तर्गत नरही आफूखुशी नियमविपरित पैसा बाँड्ने गरेकोले यस्तो समस्या आएको हो । संकलित रकम उत्पादनशील क्षेत्रमा लगानी भएको पाईदैन् । सहकारी आवश्यकताले खोलिनुपर्ने विषय हो ।

२. सञ्चारमाध्यमसँग तँपाईको सुमधुर सम्बन्धभन्दा आक्रोश ज्यादा छ त?
– शतप्रतिशत सञ्चारमाध्यमहरू सहकारीको उन्नतिको पक्षमा देखिएपनि केही ठूला राष्ट्रिय सञ्चारमाध्यमले सहकारीविरूद्ध भ्रम फैलाएर सदस्यहरूलाई हतोत्साही बनाउने धुनमा लागेका छन् । म दावी गर्छु, देशकै प्रमुख आर्थिक क्रान्तिका लागि हाम्रो दौडधुप चलिरहँदा यस्तो प्रचारले गलत सन्देश प्रवाह हुन जान्छ । यसबारे सोच्नु आवश्यक छ । सहकारीसँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने सञ्चारमाध्यमहरू पनि छन् ।

३. सहकारीविरूद्ध यस्तो भ्रम चिर्नका लागि कस्तो पहल आवश्यक छ ?
– सहकारीकर्मीहरूको एकताबद्ध हुनु पहिलो आवश्यकता हो । सम्बन्धित निकायले निरन्तर सहकारीको अनुगमन र सुझावका लागि ताकेता गरिरहनु पर्छ । सहकारीलाई माया गर्नहरूले सहकारीभित्रको सञ्चालित अवस्था बुझ्न प्रयत्न गरियो भने सहकारीमा सुधार हुन्छ । यसको समाधानमा सबै क्षेत्र अघि आउनुपर्छ । एउटा वडा, गाविसमा कतिवटा सहकारी खोलिनुपर्छ भनेर मापदण्ड बनाउनुपर्छ । सम्बन्धित निकाय, सहकारी निकाय र सञ्चारमाध्यमहरूको एकता रहेर कार्यनिति ल्याउनुपर्छ । डाईगोनोष्टिक गर्दै सबै एकजुट हुनु जरूरी छ ।

४ . सहकारी जोगाउन कस्तो सुत्र आवश्यक छ त ?
– प्रतिस्पर्धामा खुलेका सहकारीहरूमा देखासिकी बढ्दै गएको छ । कमाऊ धन्दा बनाएका छन् । च्याउँ झै सहकारी खुल्दैछन् । यसलाई निति नियममा बाँधेर लानुपर्छ । सहकारी क्षेत्रमा हेक्का र ज्ञान नराखी सञ्चालित सहकारी डुब्छन् र निक्षेपकर्ताहरू पैसापनि सुरक्षित हुँदैनन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु