समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

सिरहा र सप्तरीका ३७ वटा सहकारी संस्थाको दर्ता खारेज 

असार ८, काठमाडौँ  । सहकारी डिभिजन कार्यालय लहानले लामो समयसम्म कुनै कारोबार नगर्ने सिरहा र सप्तरीका तीन दर्जनभन्दा बढी सहकारी संस्थाको दर्ता खारेज गरेको छ । दर्ता भएको १० वर्षभन्दा बढी समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालय लहानले सिरहाका १९ वटा र सप्तरीको १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

sahakari
दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नदेखाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको सहायक सहकारी निरीक्षक फणिन्द्र विश्वकर्माले जानकारी दिनुभयो । यसअघि गत वर्ष पनि सहकारी डिभिजन कार्यालय लहानले सिरहाको छ वटा र सप्तरीको १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको थियो ।

कार्यालयका अनुसार सिरहामा ६३१ वटा र सप्तरीमा ५९१ वटा सहकारी संस्थाको दर्ता छ । सहकारी डिभिजन कार्यालय लहानले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु