समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

ढोका–ढोकामै महोत्सवको प्रचार 

महोत्सवमा समुदायमा आधारित सहकारी कसरी सञ्चालित छन् भनेर प्रत्यक्ष अवलोकन गर्न पाईनेछ । निजीस्तर र सरकारी निकायबाट विकासका आधारहरू कमजोर हुंदै गर्दा सहकारी नै एउटा यस्तो सफल माध्यम बनेको छ, जसबाट देशलाई उच्च विकासतिर उठाउन सक्छ ।  प्रचार प्रसार उपसमितिका संयोजक ईन्द्रमुनी शाक्यसंगको कुराकानी ।

सन्दर्भ : ललितपुर सहकारी महोत्सव २०१२

१. दुई साता बाँकी रहँदा महोत्सवको प्रचार प्रसार कहाँ पुग्यो ?
– प्रचारप्रसार संयोजकको जिम्मेवारी आएलगत्तै महोत्सवको सूचनालाई सयौं सहकारीमा पु¥याएका छौं । हामीले प्रत्येक सहकारीलाई पत्राचार गर्दै सहकारीका सदस्यहरूमा यो सूचना रिलेका लागि भनेका छौं । नगरमा सञ्चालित सहकारीबाट दुई÷दुई जना प्रतिनिधिलाई बोलाएका छौं । वहाँहरूलाई महोत्सव जानकारी गराउँदापनि सयौं पुग्छन् । सम्भवत महोत्सवमा सहकारीहरूको बृहत उपस्थिती रहनेछ । प्रचारकै क्रममा हामीले ढोका–ढोकामै पुगेर ललितपुर सहकारी महोत्सवको जानकारी दिएका छौ ।

२.  दैलोमा पुगेर गरिएको प्रचारले कति दर्शक तान्न सकिएला ?
९  यो प्रचार अभियानलाई फरक शैलीमा प्रयोग गरेका छौं । सहकारीभित्र सदस्यहरूमा व्यापक प्रचारमात्रै होईन, मौखिक र महोत्सवको निम्तोलाई समुदायमा बाँडेका छौं । महोत्सवमा लागि प्रवेश शुल्क १० रूपैयाँ तोकेका छौं । फरक अभियान अन्र्तगत सहकारीले आफ्नो उद्योग व्यवसाय कसरी चलाउँदै आएका छन् भनेर प्रस्तुती गर्नु हो । यसकारणले दर्शकको संख्या बढ्नेछ र महोत्सव सफल हुनेमा ढुक्क छौं ।

३. प्रचारको यो अभियान कति सफल भएको छ ?
– प्रचारकै क्रममा हामीले एक सहकारीबाट उपलब्ध ५ हजार आर्थिक सहयोग बराबर १ सय ५० प्रवेश कार्ड उपलब्ध गराउँछौं । प्रवेश कार्डसमेत सयौं सदस्यहरूको उपस्थिती रहने आशा लिएका छौं । यसकारण प्रचारको अभियान सफल भएको मानेको छु ।                                                            

प्रस्तुती: सुविन श्रेष्ठ

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु