समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

‘सहकारी जुट्ने साईत सहकारी महोत्सव’ 

ललितपुर सहकारी महोत्सव २०१२ का संयोजक किशोर भाई बज्राचार्य स्कोप सहकारीका संस्थापक अध्यक्ष । सहकारी क्षेत्रमा रजत (२५) वर्षको अनुभवी सहकारीकर्मी बज्राचार्यसंग महोत्सवको तयारी र उद्देश्यका बारेमा गरिएको सम्वाद ।

१. ललितपुरमा सहकारी महोत्सव २०१२ किन ?
– अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अबसरमा ललितपुरमा सहकारी अभियान शुरू भएको छ । ललितपुर बचत तथा ऋण सहकारी संघको संयोजनमा ललितपुरमा १३ वटा सहकारीको सक्रियतामा महोत्सव हुन लागेको हो । समुदायिक आधारित सहकारीको उद्देश्य प्रकाश पार्नका लागि महोत्सवमा जुटेका हौं ।

सन्दर्भ : ललितपुर सहकारी महोत्सव २०१२

२. महोत्सवको विशेषता र आकर्षण के–के हुन्छन् ?
– प्रदर्शनीमा वित्तिय कारोबार कसरी हुन्छ, त्यसको प्रदर्शनी गरिनेछ । सामाजिक, खाद्य र संस्कृतिलगायतका विषय उजागार गर्छौं । साथै, ललितपुरको हस्तकलालाई पनि समेट्नेछौं । पाँच हस्तकलाका विधिहरूको प्रदर्शनी हुनेछन् । महोत्सवमा सक्रियता जनाएका १३ वटा सहकारीका सदस्यहरूद्धारा निर्माण गरिएका हस्तकलाका सामानलगायत महिलाहरूले बुनेका कपडाहरू महोत्सवमा प्रदर्शन हुनेछन् । हामीले प्रत्यक्ष हस्तकलामा आधारित व्यवसायको वृत्तचित्र देखाउनेछौं ।

३. भव्य महोत्सवको तयारी हुँदैछ, तर किन थोरै सहकारीको मात्रै सक्रियता देखिएको ?
– यो महोत्सवको ‘कनसेप्ट डिजाईन’ थोरै सहकारीबाट भएकोले मुलतः आयोजक समूह सानै देखिए । हामीले बचत सहकारीका छाता संघबाट यसबारे प्रचार गरेर महोत्सवमा सहभागी हुन आग्रह गरिसकेका छौ. । महोत्सवमा २१ वटा बुथ उपलब्ध हुनेछ । जसमा दुग्ध, कुषि र वस्तुगत सहकारी रहनेछन् । हामी विश्वस्त छौ, महोत्सवले राम्रो छाप पार्नेछ ।                                                                         

प्रस्तुती: सुविन श्रेष्ठ

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु