समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

सहकारीलाई प्राविधिक सहयोगको खाँचो छ 

यस पटकको सहकारी सम्बादमा हामीले म्याग्दी जिल्लामा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि की अध्यक्ष जमुना आचार्यसंग कुराकानी गरेका थियौ । पढ्नुस सोहि कुराकानीको सम्पादित अंश ।


१) दिदीबहिनी सहकारीले अहिले के गर्दै आएको छ ?

बचत तथा ऋणको कारेवारको साथसाथै अन्य सदस्य केन्द्रित एवं सामाजिक सरोकारका कार्यक्रमहरु सञ्चालनमा छन । खासगरी कृषि एवं व्यापारमा सुलभ कर्जा परिचाल गर्नुका साथै उच्चतम प्रतिफल दिने खालका बचत योजना सञ्चालन गरेका छौं । दिदीबहिनी सुनौलो, पेन्सन, लखपती कार्यक्रममार्फत सदस्यको सेवामा तल्लिन छौं । त्यस्तै आगामी दिनमा दम्पत्ति सम्मान, सुुत्केरी कोसेली, सदस्य संरक्षण, एकल महिला प्रोत्साहन, सीपमुलक एवं सहकारी सम्बन्धी तालिमहरुको आयोजना गर्ने तयारीमा छां ।
त्यस्तै सामाजिक सरोकारका कार्यक्रमहरु पनि हामीले गर्र्दै आएका छौं । ) मुष्ठिदान कार्यक्रमअन्र्तगत २०७० माघ २३ गते ज्ञानोदय माध्यामिक विद्यालय मौवाफाट म्याग्दीमा २१ पाथी चामल, ७ केजी दाल, ६ केजी चिनी, ६ केजी नुन, १ केजी चियापट्टी, २०७० फागुन ११ गते गलेश्वर बृद्धाआश्रम घतान ६ गलेश्वरमा ४२ पाथी ४ माना चामल, १० लिटर तेल, १० केजी चिनी, १० केजी नुन, १.५ के.जी चियापट्टी, १५ के.जी आलु, १० केजी दाल, २ पाथी गहँुको पिठो वितरण गरेका थियौं ।

jamuna
२) यस संस्थामा लागेपछि यहाँका महिलाहरुमा के परिवर्तन आएको पाउनुभएको छ ?
संस्था दर्ता भएपश्चात सर्वप्रथमतः बचत गर्ने बानीको विकास भएको छ । त्यस्तै महिलाबहरुमा व्यवसायीक दक्षतामा बृद्धि हुनुका साथै नेतृत्व एंव व्यक्तित्वको विकास भएको छ । त्यस्तै सहकारीका कारण निर्णय क्षमतामा बृद्धि, आर्थिक निर्भतामा कमी, सीपको विकास, आत्मबलमा बृद्धि, फजुल खर्चमा कम गर्ने बानीमा विकास भएको छ ।
३) यस संस्थाले सदस्यलाई कसरी सेवा दिइरहेको छ ?
हामीले दिगो प्रतिफल दिने विभिन्न खाले सेवा दिइरहेका छौं । आर्थिक (बचत) योजना (दिदीबहिनी सुनौलो,पेन्सन,लखपती) लगायतबाट महिलाहरु लाभान्वित हुनुभएको छ । त्यस्तै कृषि एवं व्यापार व्यवसाय केन्द्रित सुलभ कर्जा योजनाहरु परिचालित छन् । सदस्य केन्द्रित सामाजिक उत्तरदायित्वका योजानहरु सञ्चालित (दम्पत्ति सम्मान, सुत्केरी कोसेली ,सदस्य संरक्षण, एकल महिला प्रोत्साहन) कार्यक्रममार्फत पनि दिइरहेका छौं ।
४) ग्रामीण भेगमा सञ्चालित सहकारीको विकासका लागि राज्यको भूमिका कस्तो हुनुपर्छ ?
खासगरी राज्यले जनचेतना,सीप.,व्यवसाय मुखी तालिमहरु सञ्चालन गर्न आवश्यक छ । त्यस्तै सहकारीलाई प्राविधिक सहयोग ( सफ्टवयर, सहकारी एवं लेखा व्यवस्था तालिम, कार्यालय व्यवस्थापन), सुलभ कर्जा एवं अनुदानका कार्यक्रमहरु सञ्चालन गर्न सके सहकारी सक्षम हुन सहयोग पुग्छ । त्यस्तै अनुगमन÷ मूल्या¨कन, राम्रा काम गर्नेलाई प्रोत्साहन एवं पुरस्कार र गलत गर्नेलाई सजाय दिन सके सहकारी वास्तवमा अघि बढ्न अझ प्रेरणा मिल्ने थियो ।
५) अधिकांश सहकारी बचत केन्द्रित छन्, यस संस्थाको प्राथमिकताचाँही के हो ?
यस संस्थाको प्राथमिकतामा बचत तथा ऋणको साथसाथै सदस्यको आर्थिक एवं सामाजिक सशक्तिकरण र सामाजिक सहभागिता हो । हाम्रा अधिकांश सदस्य कृषि उत्पादनमा लाग्नुभएको छ । हामीले उहाँहरुलाई सस्तो ब्याजदरमा ऋण दिने गरेका छौं ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु