समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

बजाज इण्डियाको १६ करोड सहयोग 

bajabजेठ ३१, काठमाडौँ । नेपालका भूकम्पपीडितहरुको पुननिर्मामण र पुनःस्थापनाका लागि बजाज अटो लिमिटेड भारतले भारतीय प्रधानमन्त्री राहत कोषमार्फत १६ करोड रुपैंयाँ प्रदान गरेको छ । उक्त रकम भारतीय प्रधानमन्त्री राहत कोषमार्फत नेपालको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । त्यस्तै बजाज अटो लिमिटेडले गरिब तथा स्वरोजगार महिलाका लागि काम गरिरहेको गैरसरकारी संस्था सेवालाई नगद ८० लाख आर्थिक सहयोग प्रदान गरेको छ । सेवाले उक्त सहयोग रकम ललितपुरको खोकना गाउँका भूकम्प पीडितका लागि खर्चिनेछ ।

नेपालले अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । स्तो अवस्थामा हामी नेपालीको साथमा छौं । बजाज अटो अन्तराष्ट्रि व्यापार शाखाका अध्यक्ष राकेश शर्माले भने, ‘भूकम्प पीडितको सहयोगार्थ आगामी दिनमा थप सहयोग गर्ने छौं । उनले भूकम्पमा क्षति पुगेका बजाजका मोटरसाइकललाई जतिसक्दो छिटो मर्मत गरिदिने समेत बताए । भूकम्प गए लगत्तै बजाजले नेपालमा रहेको बजाजको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीमार्फत भूकम्प पीडितका लागि राहत वितरण गरेको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु