समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

विद्यार्थीको कप्तान छान्दा राष्ट्रिय निर्वाचनको झ-झल्को 

[कमल कोइराला]
जेठ २९, काठमाडौँ । आज कोटेश्वरस्थित काञ्जीरोवा नेसनल स्कुलमा अरु दिन भन्दा छुट्टै  रौनक थियो  । स्कुलमा निर्बाचन प्रक्रिया मार्फत विद्यार्थी कप्तान र सहकप्तान छनोट गर्ने कार्यक्रम रहेको थियो । तर त्यो कुनै साधारण  निर्बाचन भने थिएन  । सो निर्बाचनले राष्ट्रिय निर्वाचनको झझल्को दिएको थियो  । बिधार्थिले  पाठ्यपुस्तकमा पढिने निर्वाचनसम्बन्धी पाठका बारेमा प्रयोगात्मक रुपमै सिक्न सकून् भनेर निर्वाचन विधि अवलम्बन गरिएको सहप्रधानाध्यापक पुष्प रेग्मीले बताए । kanjirowa2

विद्यालयको कप्तान र सहकप्तान छनोटमा गर्न वास्तविक निर्वाचनमा झैँ निर्वाचन अधिकृत, पर्यवेक्षक, पत्रकार, मतगणक आदिको पनि व्यवस्था गरिएको थियो । मतदाताका रूपमा विद्यार्थीहरू पङ्क्तिबद्ध थिए । कप्तान र सहकप्तानका प्रतिस्पर्धी उम्मेदवारले प्रार्थनासभामा आफ्नो चुनावी मन्तव्य प्रस्तुत गरे । उनीहरूका मन्तव्यमा विद्यार्थीका साझा समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्ने धारणा अभिव्यक्त थियो ।

विद्यालयका शिक्षकहरू पर्यवेक्षक रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूको एउटा समूहले पत्रकारको भूमिका निर्वाह गरेका थियो भने कोही आफ्नो पक्षका उम्मेदवारलाई विजयी बनाउन साथीहरूसँग मत पनि माग्दै थिए । मतपेटीकामा आफ्नो मताधिकार प्रयोग गर्न तम्तयार विद्यार्थीहरू आफूलाई मन परेको उम्मेदवार छान्न निकै व्यग्र देखिन्थे । एकातिर मतदान चलिरहँदा अर्कातिर विजय हुने सम्भाव्य उम्मेदवारका बारेमा पूर्वानुमान सुरु भइसकेको थियो ।

‘गत वर्षहरूमा गणितको सेट थेउरीअनुसार विद्यार्थी नेतृत्व छनोट गरिएको थियो तर यस वर्ष मत प्रदान गर्ने प्रत्यक्ष निर्वाचन विधि अवलम्बन गरेको  विद्यालयका सहक्रियाकलाप विकास बस्नेतले बताए  । निर्वाचनमा कक्षा १० मा अध्ययनरत अप्सरा पोखरेल र गरिमा केसीले विद्यालय कप्तान तथा कक्षा ९ मा अध्ययनरत सिम्रिक शाह र निङ्वाशक्ति लिम्बू र आवेशभद्र कर्णले उम्मेदवारी दिएका थिए ।

kanjirowa

मतपरिणामअनुसार खसेको कुल १८८ मतमध्ये १३६ मत प्राप्त गरी अप्सरा पोखरेल विद्यालय कप्तान तथा १५९ र १४७ मत प्राप्त गरी क्रमशः निङ्वाशक्ति लिम्बू र सिम्रिक शाह सहकप्तानमा निर्वाचित भए ।

kanjirowa1

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु