मेरी आमा (कविता संगालो)

loading...

धर्तीमा जन्मायौ हुर्कायौ
बढायौ
असल मान्छे बनौन शिक्षा
दिलायौ
श्रद्धा गर्छु पुज्ने
गर्छु सधैं जीवनमा
आँखाको नानी ममताको खानी हौ
मेरी आमा

देशको माटो चिनायौMother स्वाभिमानी बनायौ
परिश्रम पौरख गरी जीवन जीउन
सिकायौ
आडबनी रह्यौ सधैं मेरो कदम
कदममा
आँखाको नानी ममताको खानी हौ
मेरी आमा

आँसु लियौ खुशी दियौ चोटहरु
सहिरह्यौ
हरेस खाँदा संत्वोना र साहस
थपीरह्यौ
सधैं सम्झीरहन्छु
बाचुन्जेल यो जुनीमा
आँखाको नानी ममताको खानी हौ
मेरी आमा…

  हरिकृष्ण महर्जन डंगोल ”

 

 

दु:ख संगै उदाएको
मेरी आमाको कहानी
साँझा सम्म पनि आफ्ना पसिना
खडेरीले सुकेर पट्पटि फुटेका
बाँझो बारीमा आफ्नो शरिर बाट
निस्केको पसिनाको नारायणीले
संचित गरेर दस नङग्राले
सपना खोस्रिदै
आलीको कान्लामा ठुसुक्क नगरी
घाम ओढार परेपछि
ढोको संगै सपना बोकेरmother2
उही प्रिय गोरेटो हुदै
भोलिको दिनको कल्पना गर्दै
पुन फर्किन्छिन आफ्नै घर

दलिन सम्म पुग्दा नपुग्दै
च्यातिएको गुन्यु चारैतिरबाट
तानातान गर्दै छातीमै टाँसिएका
स्तन भेट्न हानथाप गर्छन
दुधे बालक,

दिनभरी एकमुठी परालले पेट भरि
दाम्लोंमै झुन्डिएर
मालिक्नी आउने बाटो हेरेर बसेका
गाई,बस्तु
मेरी आमाको आवाज संगै
एकोहोरो कराउन थाल्छन /

परानले मात्र धानिएकी
मेरी बृद्धा हजुरआमा
बुहारी आएपछि औषधि खानपाउने आशामा
मझेरीमा पटुकीको सिरानी राखेर
लामो सुस्केरा संगै सुतिरहेकी छन् ,

दु:ख र बेदनाले भरिएका
कहानीहरु हृदयमा सजाउदै
आँखाबाट खसेका मूलले
प्यास मेटाउदै कैयौ चोटी
आफ्नो र परिवारको
प्राणको भिक माग्दै
अभावको झुप्रोमा
कैयौ रात हरु बिताई रहेकीछन्
मेरी आमा !

                                                     रामकृष्ण पौडेल ”अनायास”

 
मलाई संसार देखाउने मेरी आमा के गर्दै होलीन् ।।
खै बनपाखा घासँदाउरा मेलापात काम गर्दै होलीन् ।।

गर्ब छ मलाई जन्मन पाएकोमा तिम्रो काखमा आमा,
पाचँ सन्तान प्रशवको पिडा कसरी काम गर्दै होलीन् ।।

सत्य र न्यायको सधै पछि हिडने,राम्रो कुरा सिकाउने,
मिहिनेत र सहनशिल आमा सत्यको बिउ छर्दै होलीन् ।।

तुलना गर्दा मेरी आमा भन्दा ठुलो कोही छैन् संसारमा
आफनो सन्ताको खुसीका लागी जिउदै मर्दै होलीन् ।।

कठै भन्ने कोही छैन् आफनै कामा व्यस्त छन् सबै,
लिपपोत गोठ धन्दा सकि पधेरीमा पानी भर्दै होलीन् ।।

इज्जत र अस्मिता किनेर आउदैन भन्ने मेरी आमाको सन्देश,
महान त्यहि सन्देश संगै समाज परिर्वतनमा लड्दै होलीन् ।।

महान मेरी आमा तिम्रो सपना पुरा गर्नुछ मलाई,
सन्तानको उन्नती र प्रगतिको सपना देख्दै होलीन् ।

संगिता कुवँर, रेडियो स्काई गुल्मी

तपाईंको प्रतिकृया
Loading...