समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

‘प्रतिस्पर्धामा डराउँदिन’ 

डिबी श्रेष्ठ
अध्यक्ष, ओयसिस् सहकारी संस्था

१. ओयसिस् सहकारीले स्थानीय बजारबाट कस्तो प्रतिक्रिया पाएको छ ?
– हामीले नसोचेको सकारात्मक प्रतिक्रियाहरू पाएका छौं । छोटो समयमा स्थानीय बजारबाट सपोर्ट पाउँदा हामीलाई गर्व लागेको छ । सम्पूर्ण निक्षेपकर्ता र सदस्यहरूको विश्वासलाई आभार प्रकट गर्न चाहन्छौं ।

२. ठूला सहकारी माझ र प्रतिस्पर्धात्मक बजारमा ओयसिसको प्रगति  ?
– राम्रो प्रश्न सोध्नुभयो । हामीले ठूला सहकारी माझ आउँदा धेरैले हामीलाई गिज्याउँदै सोधेका थिए । के गर्न आएको ? तर प्रश्नकर्ताहरू हाम्रो फड्कोमा अचम्मित बनेका छन् । बजारमा प्रतिस्पर्धा छ । यद्दपी सदस्यहरूले माया र विश्वास गरेको अवस्थामा प्रतिस्पर्धामा पनि डर छैन । फेरि म च्यालेन्ज मनपराउँछु । नयाँ काम र चुनौतीपूर्ण अवस्थासँग सामना गर्न डराउँदिन ।
३. शिक्षण पेशामा नाम कमाएका व्यक्तित्व तँपाई, यो पेशामा डुब्यो भने ?
– निरन्तर आफैमा विश्वास र आँट हुनुपर्छ । आत्मविश्वासले हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ । यो मेरो सुत्र हो । यसैमा अडित भएर हरेक चुनौतीलाई सहजै आत्मसात गर्न सक्ने भएको छु । मेरो डायरीमा असम्भव भन्ने शब्द छैन । चुनौती र प्रयासले मलाई सफल बनाउँदै ल्याएको छ । यसकारण यो पेशाको अहिलेसम्मको मूल्याङकन पनि उत्कृष्ट छ । मेरो मिहिनेत र खुल्ला सम्मानको व्यवहारले यो कुर्सीमा पनि अवश्य सफल हुनेछु ।
४. सहकारी प्रमुखको कुर्सी सम्हाल्न सजिलो की विद्यालयको जिम्मेवारी ?
– दुवै पेशा र जिम्मेवारी उत्तिकै महत्वपूर्ण छन् । यसमा सहज र असहजको प्रश्न उठ्दैन । २० वर्षअघि सोलखुम्बुमा अग्रेजी माध्यममा पढाउने प्रारम्भ मैले गरेको हुँ । त्यो बेला निकै कठिन भएको थियो । तर म माध्यम बने । विद्यार्थीहरूले पढे । उनीहरू शतप्रतिशत अंक ल्याएर उच्च श्रेणीमा उतिर्ण भए । आजैपनि त्यो गाउँमा मेरो परिचयलाई सबैले सम्मान गर्दै आएका छन् ।
५. ओयसिसले नयाँ कस्तो योजना ल्याउँदैछ ?
– यो वर्ष हामीले १ करोड ५० लाख निक्षेप संकलन गरेका छौं । अबको ६ महिनामा यसलाई दोब्बर बनाउने लक्ष्य लिएका छौं । स्थानीय बजारमा सदस्य संख्यापनि चित्तबुझ्दो नै छ । हाम्रा सदस्यहरू १ हजार ८ सय पुगेका छन् । केही महिनाभित्र दुईवटा शाखा काउन्टर प्रारम्भ गर्दछौं । ओयसिस् सहकारीको काउन्टर कालीमाटी र चापागाउँमा बिस्तार गरिनेछ । सुविन श्रेष्ठ

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु