समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

बजाजद्वारा ‘नोटको बोट’ योजना प्रस्तुत 

dfचैत्र ४, काठमाडौँ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्दले हरेक उत्सवमा ग्राहकहरुका लगि रोमाञ्चक योजनाहरु ल्याउने क्रममा २०७२ को नयाँ वर्षका लागि ‘नोटको बोट’ योजना सरु गरेको छ ।

योजनाको अवधि भरि बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुल्ई एउटा स्क्र्याच कुपन दिइनेछ । यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन् । जसलाई रुखको पातका रुपमा देखाइएको छ । पहिलो १० पटक स्क्र्याच गरेको अंकहरु जोडिने छन् र ११ औँ पटक स्क्र्याच गर्दा आएको अंकले गुणा गरिनेछ ।

र जति अंक आउँछ त्यति नगद पुरस्कार ग्राहकहरुलाई दिइनेछ । ११ पटक स्क्र्याच गर्न पाउने भएकाले यसपाली ग्राहकहरुले धेरै नगद पुरस्कार जित्न सक्ने सम्भावना छ । स्क्र्याच कुपनबाट ग्राहकहरुले रु १ लाख सम्म नगद पुरस्कार तुरुन्त जित्न सक्नेछन् ।

यस योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनु पर्नेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु