समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

ठूला सहकारीहरूले टेर्देनन् 

२०५३ सालबाट सरकारी जागिर प्रारम्भ गरेका बद्रीप्रसाद तिवारी साढे दुई वर्ष ललितपुर सहकारी विभागका सहकारी अधिकृतको जिम्मा सम्हाल्नुभयो । केही साताअघि अधिकृत तिवारी सहकारी प्रशिक्षण केन्द्रमा सरूवा भए । सहकारी अधिकृत तिवारीले आफ्नो कार्यकालमा जिम्मेवारी निर्वाह गर्दा ललितपुरमा सञ्चालित सहकारीका बारेमा आफ्ना अनुभूतिहरू के–कस्ता रहे भन्ने विषयमा वहांले निकै कुराहरू पोख्नृभयो । ललितपुरको कार्यकाल स्मरणयोग्य भएको बताउंदै वहांले सहकारी अधिकृत रहंदा ललितपुरमा सहकारी संयन्त्रको बिस्तार गरेको बताए । सहकारी पहललाई निरन्तरता दिएर अघि बढेको बताउंदै तिवारीले सबैका साथ र सहयोगप्रति आभार प्रकट गर्न भुलेनन् । तिवारीसंग अनलाईन पत्रिकाका लागि सुविनकुमार श्रेष्ठले ललितपुरका सहकारी विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सारसंक्षेप ।

१.एकाएक कार्यभारबाट मुक्ति पाउनुभयो नी ?

– यो स्वभाविक प्रक्रिया हो । यसलाई अन्यथा लिनु भएन । ललितपुरको सहकारी डिभिजन कार्यालयमा समयावधी भन्दा बढी सेवाको मौका पाएँ । साधारणतया दुई वर्षको कार्यकाल रहेपनि ६ महिना ज्यादा बसेर सेवाको अवसर मिल्यो । सरूवाका चलखेलमा परेर मेरो नाम हेरफेर भएको छैन । जे भयो । सन्तुष्ट छु ।

२. ललितपुरमा सहकारी नियन्त्रणको जिम्मा सम्हाल्दा यो चाहि गर्न सकिएन भनेर के मा पछुतो लागेको छ ?

– हुन त जति दुःख गरेपनि सबैकुरा गर्न सकिन्छ भनेर भन्न सकिँदैन । अझ मैले सबै काम राम्रै गरेँ भनेर भन्दिन । मेरा कार्य विवरणका हिसाब अरू सहकर्मीपनि राखेका होलान् । जे होस् केही राम्रो गरेँ भन्ने लागेको छ । यद्दपी सहकारीका गलत नियतबारे सम्बन्धित निकायलाई जगाउने काममा समेत लागेको थिएँ । आफ्नो जिम्मेवारीको भूमिकामा रहँदा सहकारी क्षेत्रलाई स्वच्छ राख्ने प्रयत्न गरियो । मेरो कार्यकालमा सहकारी दिवस मनाईने प्रथा प्रारम्भ भएको हो । ललितपुरका सहकारी क्षेत्रलाई समेटेर दुईवटा राष्ट्रियस्तरका कार्यक्रम सम्पन्न गरियो । राष्ट्रिय सहकारी दिवस मनाउने कार्य थालनी भयो । ललितपुरका गाउँ–गाउँसम्म सहकारी अभियान थालेका छौं । सहकारी अनुगमनमा समेत तीब्रता ल्याइयो । इन्टरनेटबाट सहकारी विवरण हेर्न सकिने माध्यम विकाससँगै अनलाईन फर्मबाट रिपोर्टिङ गर्न सकिने बनाइयो ।

३. यति धेरै राम्रा काम गर्नुभएको छ । तर बदमास सहकारीहरूलाई कारवाही भएको देखिएन ?

– होइन । कुनैपनि सहकारीको उजुरी र गुनासो आउने बित्तिकै सम्बन्धित निकायलाई यसबारे जाहेरी दिएका छौं । त्यस्ता सहकारी धेरै छन् । अझै केही सहकारीको मुद्दा विचाराधीन छन् । तर यो सहकारीले गल्ती गरेको छ भनेर प्रमाणसहित प्रशासनिक कारवाही गर्न जाहेरी दिँदा प्रशासनले कारवाहीको पहल नगरेको देख्दा म आफै चकित छु । यसबारे म केही भन्न सक्ने अवस्थामा नै छैन । हामीबाट ललितपुरका यी सहकारीले बदमासी गरेका छन् भनेर किटानी जाहेरी दिने काम भयो । तरपनि ती सहकारीहरूले कारवाहीबाट उन्मुतिm पाएको अवस्था छ । केहीलाई कारवाही भएका छन् । लाखौं रूपैयाँको निक्षेप सदस्यहरूमा फिर्ता भएको अवस्थापनि छ । यता कुनैपनि सहकारीको प्रतिवेदन आएपछि ‘यो भएन यसो गर्नुस्’ भनेर सहकारी प्रमुखहरूलाई सिधै भन्ने गरेको छु । अचम्म त, ललितपुरमा सञ्चालित ठूला सहकारीलाई यस्ता नियमले छुँदैनन् । ती सहकारीहरूले नियमकानुन ‘टेर्देनन्’ पनि । कानुनलाई गन्दै गन्दैनन् । तँपाईलाई थाहा छँदैछ । यसकै लागि केही कडा नियमसहित कानुन बनि हाल्नुपर्ने खाँचो छ । बुझ्नेहरू कानुन मानेर सहकारी चलाईदिए पुग्छ ।

४. नढांटी भन्नुस्, ललितपुरका कति सहकारी राम्रा छन् ?

– सहकारीले ‘आफ्ना’लाई बोकेका छन् । पैसा राखेको भरमा सदस्य पदमा राखिनुपनि दुरूपयोग हो । यसैबीच राम्रा सहकारीहरूको संख्या कम पनि छैन ललितपुरमा । झण्डै ७० प्रतिशत सहकारीलाई राम्रा भन्न सकिने अवस्था छ । ग्रामीण क्षेत्रतिरका सहकारी उत्कृष्ट छन् । मंगलबजारतिरका सहकारीहरू हेर्नुस्, कुनै सहकारी नराम्रा छन् ? यसो त नियम मिच्ने सहकारी नभएका होइनन् । एउटा स्थानमा सञ्चालनका लागि अनुमति लियो, अर्काे स्थानमा कारोबार गरेको छ । यसबारे अध्ययनका प्रतिवेदन बन्दैछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु