समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

‘सहकारीको विश्वास र आस्थामा धक्का’ 

loading...

ललितपुरको एक सहकारीको मापदण्ड विपरित सचालन र राजधानीको एउटा सहकारी निक्षेपकर्ताको रकम कुम्ल्याएर भागेको छ । सहकारी प्रति यस्ता घटनाले शंका बढ्दै गएको परिस्थिती छ । सहकारी किन भाग्छन् ? निक्षेपकर्ताको विश्वास जित्ने आधार के हुन् ? र, सहकारीमा निक्षेपकर्ताको रकम गायब भएको सन्दर्भमा रहेर ललितपुरको पद्यमावती सहकारीका कार्यकारी प्रमुख रोशनकुमार शाक्यसँग अनलाईन पत्रिकाका प्रधान-सम्पादक सुविन कुमार श्रेष्ठले गरेको साक्षात्कारको सार संक्षेप ।

ललितपुरको एउटा पुरानो र नाम चलेको सहकारी पद्यमावती हो । हाम्रो सहकारीका सदस्यहरुमा बढी प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरु ल्याउने गरेका छौ । पद्यमावतीले कमाएको विश्वास र साखमा पद्यमावतीको अभियान सफल भएको महसुस भएको छ । अहिले प्रतिस्पर्धाको बजार छ । यो अवस्थामा पद्यमावतीले सामाजिक आर्थिक र सांस्कृतिक पाटोलाई बिशेष ध्यान राखेर कार्यक्रम गर्ने गरेका छौ ।

साथै, पारिवारिक अवस्थालाई दृष्टिगत गर्दे बालक युवा र बृद्ध/बृद्धाका चाहनालाई पुर्ति गर्नु पद्यमावतीको मुख्य प्राथमिकता रहेको छ । हाल १५ सय चालिस सदस्य रहेको पद्यमावतीले ५ स्थानीय वडालाई समेटेको छ ।  सहकारी भागेको समाचारले पद्यमावती सहकारीलाई असर पर्देन् ।  सहकारीको प्राविधिक र नियत खराबको कारणले सहकारी भागेको हुनुपर्छ । यो खबरले सहकारीको विश्वास र आस्थामा धक्का लागेको छ ।

पद्यमावतीको लगानीलाई हेर्ने हो भने हामीले तीन लक्ष्यतिर बढी केन्द्रित बनेका छौ । शिक्षा स्वास्थ्य र सूचनामा प्राथमिकता दिएका छौ । साथै हामीले सहकारी अभियान कार्यक्रम चाँडै शुरु गर्ने लागेका छौ । हामी पनि बन्नुपर्छ । र, अरुलाई बनाउनुपर्छ भनेर मान्यताको अभियानमा पद्यमावतीको योजना र लक्ष्य अडित रहेको छ ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु